कैलाली। कैलालीको गोदावरीमा एक जना मृत फेला परेका छन्। जिल्लाको गोदावरी नगरपालिका–७ लालपुरमा एक जनाको शव फेला परेको प्रहरीले जनाएको छ। लक्ष्मी सामुदायिक वनमा करिब ६० वर्षीय पुरुषको शव फेला परेको ईलाका प्रहरी कार्यालय मालाखेतीले बताएको छ।
शनिवार बिहान जंगलमा घाँस काट्न गएका बेला शव देखेपछी स्थानीयले प्रहरीलाई खबर गरेका थिए। शवको पहिचान हुन सकेको छैन। घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।


