धनगढी। बिद्यार्थीलाई शिक्षा, संस्कार, सभ्यता सिकाउनु भन्दा पहिला असल अभिभावक बन्नुपर्ने कुरामा जोड दिइएको छ। धनगढी उपमहानगरपालीका ५ मा रहेको चैतन्य पाठशालाद्धारा आयोजित अभिभावक शिक्षा कार्यक्रम अन्तरगत असल शिक्षा कार्यक्रममा सहभागीहरुले सो बिषयमा जोड दिएका हुन्।
अभिभावक शिक्षा कार्यक्रमको चौथो श्रृङखला कार्यक्रममा योगी तथा आध्यात्मक ब्यक्तित्व नवराज छम फुयाँलले बिद्यार्थीलाई बिद्यालयको शिक्षा भन्दा घरबाटै संस्कारको आवश्यकता पर्ने बताएका छन्। असल अभिभावक शिक्षा कार्यक्रममा सहभागी अभिभावकहरुलाई प्रशिक्षण दिदै उनले त्यसका लागी पहिला असल अभिभावक बन्नुपर्ने सुझाब दिए। घरपरिवारका सदस्य तथा अभिभावकबाट नै बिद्यार्थी तथा बालबालीकाहरुले सोही अनुसार शिक्षा, संस्कार र सभ्यता सिक्ने धारणा राखे। हरेक बिद्यार्थीका आमा बुवाले दवाब नदिएर उनीहरुको स्वभाव, चाहाना र इच्छा अनुसार शिक्षा, संस्कार र सभ्यतालाई प्राथमिकता दिनुपर्छ उनले भने।
एउटा बच्चाले बिद्यालय भन्दा बाहिर घरमा अभिभावकसँग बढी समय बिताउने हुँदा अभिभावककै देखासिकी र आनीबानी सिक्ने गरेको बताए । उनले भने, पहिला त बिद्याथी तथा बालबच्चालाई रेस्पेक्ट दिन्छौँ की दिदैनौँ, उदाहरणीय बनाऔँ, नराम्रो कुरालाई नाई भन्नसक्ने बनाऔँ, समयको ख्याल गर्ने, र संधर्ष र मेहनतको कुरा सिकाउन जरुरी छ, उनले भने । अचेलका बिद्याथीहरु राती धेरै मोवाईल चलाउने गर्दछन्, त्यसलाई सहिसदुपयोग गर्नुपर्छ आवश्यक बाहेक अरु नचलाउने, बरु प्रर्याप्त ८ घण्टा निन्द्रालाई समय दिनुपर्ने हुन्छ नत्र मानसिक समस्या देखीनसक्छ, उनले भने ।
उनले यस्तो संस्कार र सभ्यतायुक्त बिद्यालय चैतन्य पठाशाला मात्रै देखेको बताउँदै पठाशालाले स्वदेशमै दिर्घकालीन बिद्यार्थीको भबिश्य देखेको बताए। असल र खराब बानीको बारेमा अभिभावक र शिक्षकबिच सहजिकरणको भुमिका महत्वपुर्ण हुने भएकाले असल अभिभावक, असल बिद्यार्थी र असल बिद्यालय बन्ने उनको भनाई छ । यस्तै विद्यालयकाका अध्यक्ष गणेश प्रसाद जोशीले शिक्षा संस्कार अभ्यासको जरुरत पर्ने बताए। यसमा कसरी बिद्यार्थी, अभिभावक, शिक्षकबाटै सकारात्मक कुराको बिकास हुन्छ त्यसरी नै त्यो कुराको पालना गर्नुपर्ने उनको भनाई छ। तबमात्रै भौतिक सुख सुबिधा भन्दा नैतिकशिक्षा तथा संस्कारबाट ब्यवहारीक शिक्षा, स्वास्थ्य लगायतको बिकास हुने जानकारी दिए। पाठशालाका प्रधानाध्यापक हरि प्रसाद जोशीले पछिल्लो समयमा बिद्यार्थी, अभिभावक तथा शिक्षक बिच ब्यवहारिक, नैतिक तथा समन्वय नहूँदा असल अभिभावक र खुसी परिवार हुन नसकेको बताए । जसले गर्दा सामाजिक, संस्कार र ब्यवहारीक शिक्षाबाट बालबालीका बञ्चित भएको बताए।
उनले भने, पहिला असल अभिभावक बन्नुहोस, असल अभिभावकबाट परिवार असल बन्छ, असल परिवारबाट समाज अनी असल समाजबाट असल देश बन्ने उनले धारणा राखे । उनले भने, स साना बालबालीका घरपरिवारको संस्कार सिक्दै हुर्कीदै आएकाले समाज तथा बिद्यालयमा पनी यसको प्रभाब देखापर्ने गरेको बताए। जसबाट बिद्यार्थीमा चेतनाको बिस्तार हुने, सकारात्मक सोचको बिकासतथा ब्यक्तीत्वको बिकासमा टेवा पुग्ने उनको भनाई छ । बिद्यालयले पनी बिगत बर्ष देखी नै संस्कार युक्त शिक्षाका साथै रचनात्मक कृयाकलापलाई जोड दिदै आएकोमा आगामी दिनमा यस्लाई निरन्तरता दिइने उनको जोड छ । साथै उनले अभिभाबक शिक्षा कार्यक्रमलाई सभ्य तथा भव्यताका साथ सम्पन्न गर्नमा सहयोग गर्ने सबैमा धन्यवाद ब्यक्त गरेका छन्। गणेश प्रसाद जोशीको सभापतिमा भएको कार्यक्रममा प्रमुख वक्ता योगी नवराज छम रहेका थिए । यस्तै वक्ताहरु पिटीएका अध्यक्ष ईश्वर गिरी, विद्यालयकाका अध्यक्ष गणेश प्रसाद जोशी, प्रधानाध्यापक हरी प्रसाद जोशीले आ आफ्नो मन्तब्य राखेका थिए। भने कार्यक्रममा सहभागी अभिभावक, शिक्षक, बिद्यार्थी तथा अतिथीहरुको उपस्तीथीमा योग, ध्यान लगायत मनोरञ्जन प्रदान गरिएको थियो।


