काठमाडौँ। राष्ट्रपतिको निर्वाचनमा बनेको ८ दलीय गठबन्धनमा सहभागी दलको संख्या दश पुगेको छ। बाबुराम भट्टाराई नेतृत्वको नेसपा थपिएसँगै नौ दल पुगेको थियो।
गठबन्धनबाट उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन बसेको गठबन्धनको बैठकमा आम जनता पार्टी खोलेका प्रभु साह पनि सहभागी भए पछि गठबन्धनमा रहेका दलको संख्या दश पुगेको हो।प्रधानमन्त्री निवास बालुवाटारमा बसेको १० दलीय गठबन्धनले उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउनेछ।