धनगढी : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियनले कैलालीको अत्तरिया स्थित दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा संंगठन दर्ता गरेको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन दुर्गालक्ष्मी बहुमुखी क्याम्पस इकाई कमिटिले आज स्वबियु निर्वाचन समितिको कार्यालयमा पहिलो स्वबियु सभापतिको उमेद्वार आनन्द भट्टको उपस्थितीमा संगठन दर्ता गरेको हो । सुदूरपश्चिम विश्वविद्यालयले सार्बजनिक गरेको स्ववियु कार्यतालिका अनुसार आज कमिटिका अध्यक्ष धर्मराज भट्टराइको हस्ताक्षर सहित संगठन दर्ता गरिएको हो ।
अखिल सहित क्याम्पसमा ८ वटा बिधार्थी संगठनहरु दर्ता भएका छन् । निर्बाचन अधिकृत लोक बहादुर महराका अनुसार विश्वबिधालयले तोकेको समय दिउँसो ३ बजे सम्म ८ बिधार्थी संगठन दर्ता भएका हुन। बैध निकट अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन (क्रान्तिकारी) र अखिल छैटौले संयुक्त संगठन दर्ता गराएको छ ।
त्यस्तै स्वतन्त्र बिधार्थी समुह , माओबादी निकट अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन (क्रान्तिकारी) , नेकपा समाजबादी निकट अनेरास्वबियु समाजबादी, एमाले निकट अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन (अनेरास्वबियु), काँग्रेस निकट नेपाल बिधार्थी संगठन (नेबिसंघ), अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन छैठौ र राष्टिय प्रजातान्त्रिक बिधार्थी युनियन ले संगठन दर्ता गराएको क्याम्पस प्रसाशन ले जनाएको छ ।
विश्वबिधालयले २८ फागुनमा मतदाता सूची प्रकाशित गर्ने, उम्मेदवारी दर्ताको समय १ चैतमा तोकिएको छ । चैत ८ गते बिहान ८ बजेदेखि बेलुका ४ बजेसम्म मतदानको समय तोकिएको छ । चुनाव प्रचार प्रसार गर्ने समय चैत ४ गतेदेखि चैत ६ गतेसम्म दिनको २ बजेसम्म र त्यसपछि मोन अवधि सुरू हुनेछ ।