कञ्चनपुर। कञ्चनपुरमा प्रहरीले अबैध सामानसहित एक जनालाई पक्राउ गरेको छ। कञ्चनपुरको भीमदत्त नगरपालिका–४ मा भन्सार छलिगरी अबैधरुपमा ल्याएका सामान ईलेक्ट्रोनिक ज्याकहरु, केवल तार १ रोल,सेतो धुलो,स्वीबेल २ थान,साईकील सानो ३० पिस र १५० पिस फलामका गोटी बरामद गरिएका हुन् ।
उक्त जम्मा १ लाख ७५ हजार बराबरका सामान बरामद गरिएको कञ्चनपुर प्रहरीले बताएको छ। पक्राउ परेका बेदकोट नगरपालिका–३ कञ्चनपुरका बिशाल क्षेत्रीलाई भन्सार कार्यालय गड्डा चौकी कञ्चनपुर पठाईएको प्रहरीले जनाएको छ। यसबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।