धनगढी। लागूऔषधसहित धनगढीमा एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी–९ बङग्राकटानबाट लागूऔषध ब्राउनसुगर २ सय २० मिलिग्रामसहित बिहीवार एक जना प्रक्राउ परेको हो।
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँका २८ वर्षीय उमेश राना हुन् । अस्थाई प्रहरी पोष्ट जुगेडा र बीओपी बङग्राकटानबाट संयुक्त रुपमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा लागुऔषध बरामद गरेको प्रहरीले जनाएको छ। पक्राउ परेका रानामाथी थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।


