धनगढी। धनगढीमा नाबालिकामाथि सामूहिक बलात्कार गर्ने दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीले पीडित बालिकाका परिवारले घटनाबारे जानकारी दिएपछि बलात्कारमा संलग्न रहेको आरोप लागेका दुई जनालाई पक्राउ गरेको हो।
धनगढी १० जुगेडा की १३ वर्षीया बालिकामाथि १७ फागुनमा सामूहिक बलात्कार भएपनि ढिलोगरी घटना सार्वजनिक भएको कैलालीका डीएसपी कुलदिप चन्दले बताए। पीडितका परिवारले उजुरी दिएका थिए। उजुरी दिएपछि १६ र १७ वर्षका किशोरलाई पक्राउ गरिएको र घटनाका अभियुक्त समेत नाबालक भएकाले प्रहरीले उनीहरुको परिचय गोप्य राखेको प्रहरीले जनाएको छ। बुधबार दुवै जनाविरुद्ध जबरजस्तीकरणी कसुरमा मुद्दा दर्ता गरेर बालिकाको स्वास्थ्य परीक्षण समेत गरिएको छ। प्रहरीले दुवै जनालाई पक्राउ गरि थप अनुसन्धान भइरहेको जनाएको छ।


