धनगढी : धनगढीको सौराई स्क्वायरले नारी दिवशका अवशरमा धनगढीका ९ जना महिलाहरुलाई सम्मान गरेको छ । १ सय १३ औँ अन्तराष्ट्रिय नारी दिवशका अवशरमा स्क्वायरले बिभिन्न क्षेत्रमा महत्वपुर्ण भुमिका निर्बाह गर्नु भएका महिलाहरुलाई सम्मान गरेको हो । नारी दिवशका अवशरमा धनगढीका निर्मला बागचन्द, सरिता कठायत, गोबिन्दी भट्ट, उन्नति चौधरी ,भारती कुवर, सुल्जित कौर, गिता आले, रमा चन्द र रुपा राइ लाई स्क्वायरले सम्मान गरेको हो ।
९ वटै महिलाहरुलाई धनगढी उपमहानगरपालिकाकी उप प्रमुख कन्दकला रानाले प्रमाणपत्र तथा नगद प्रदान गर्दै सम्मान गरेकी हुन् । सम्मानपत्र वितरण गर्दै रानाले अबको बिकास मानविय बिकास रहेको बताइन् । मानविय बिकास भए मात्रै हरेक नारीले स सम्मान जिउन पाउने बताउँदै उनले नारीको सम्मानका लागी अन्तरक्रिया तथा सचेतनात्मक काममा उप महानगरपालिका लागेको जानकारी दिइन् । सौराई स्क्वायरले आयोजना गरेको सम्मान कार्यक्रमले महिलाहरुमा काम गर्ने हौसला मिल्ने बिश्वास ब्यक्त गर्दै उनले सामाजिक बिभेद अन्त्य गर्नका लागी उप महानगरपालिका हरेक निकायसंग सहकार्य गर्न तयार रहेको बताइन् ।
सम्मानित भएका ब्यक्तीहरुका तर्फबाट बोल्दै पत्रकार उन्नती चौधरीले यो सम्मान देखिदा सामान्य देखिएपछि यसले मान्छेलाई थप जिम्मेवारीको भारी बोकाएको बताइन् । आफुले गरेका कामको मुल्याकंन गर्दै सौराई स्क्वायरले सम्मान गरेकोमा धन्यवाद दिदै उनले आफ्नो कर्ममा थप सशक्त भएर लाग्ने बताइन् । सौराई स्क्वायरका प्रबन्ध निर्देशक उमेश बिक्रम शाहले सामाजिक उत्तरदायित्व बहन गर्दै नारी दिवशको अवशरमा धनगढीका केही महिलाहरुलाई सम्मान गरेको बताए । अहिले ९ जनालाई मात्रै सम्मान गरेपनि आगामी बर्षबाट यसको दायरा बढाउने शाहले बताए । कार्यक्रममा बरिष्ठ पत्रकार उमिद बागचन्द लगायतले आफ्ना मन्तब्य राखेका थिए । कार्यक्रमको सञ्चालन प्रकाश छेडालले गरेका थिए ।