कञ्चनपुर। कञ्चनपुरको महेन्द्रनगरमा अटोको ठक्करबाट एक किशोरी घाईते भएकी छिन्। पैदलयात्रुमा रहेकी कञ्चनपुरको भीमदत्त नगरपालिका–७ की सरस्वती पनेरुलाई म १ ह ७८३ नम्बरको अटोले ठक्कर दिएको हो।
बुधबार महेन्द्रनगर भाँसी जनज्वती चोक नजिक बाटो काट्ने क्रममा अनियन्त्रित भइ अटोले ठक्कर दिँदा उनी घाइते भएकी हुन्। उनको मन्त्र अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख उमेश चन्दले जानकारी दिए। अटोचालक भने फरार रहेको जनाइएको छ। उनको खोजिकार्य भइरहेको र दुर्घटना सम्बन्धि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।


