धनगढी। ११३औँ नारी दिवसको अवसरमा धनगढी लेडि जेसिजले ६ जना नारीलाई सम्मान गरेको छ। कैलालीमा पत्रकार जमुना न्युरेसहित समाजमा विभिन्न क्षेत्रमा योगदान पुर्याउँदै आएका ६ जना नारी सम्मानित भएका हुन्। धनगढी लेडि जेसिजले पत्रकार न्युरेसहित छ जनालाई सम्मानित गरेको हो। न्युरे वन, वातावरण र महिला क्षेत्रमा कलम चलाउँदै आएकी छन्।
यस्तै सम्मानित हुनेमा अनाथालय सञ्चालन गरिरहेकी सानु चौधरी, सामाजिक अभियन्ता लक्ष्मी बोगटी कुँवर, साहित्यकार श्रेष्ठ प्रिया पत्थर, कराँते खेलाडी गरिमा मल्ल, कला क्षेत्रकी धनेश्वरी रेग्मी रहेका छन्। उनीहरूलाई दोसल्ला ओढाएर तथा प्रमाणपत्र वितरण गरेर धनगढी उपप्रमुख कन्दकला रानाले सम्मानित गरेकी हुन्।
धनगढी लेडि जेसिज बर्ष २०२३ की अध्यक्ष सरिता साउँद खडायतले दुर्गम र पछाडी परेका महिलाहरुलाई उर्जावान बनाउन सम्मान गरिएको बताइन्। उनले साहित्य, समाजसेवी, खेलाडी, कलाकार, पत्रकार, गायीकालाई सम्मान गरिएको जानकारी दिइन् । उनले यसबाट महिलाहरुमा थप उर्जा र साहस बढ्ने उनको भनाई छ। जेसीआई धनगढी लेडी २०२२ की अध्यक्ष जेसी सरस्वती खड्का भट्ट, जेसीआई धनगढी लेडी २०२१ की अध्यक्ष जेसी निर्मला श्रेष्ठलगायत जेसिजका पदाधिकारीहरुको सहभागीता रहेको थियो।