कैलाली। कैलालीको गोदावरीबाट लागूऔषधसहित २ जना पक्राउ परेका छन्। गोदावरी नगरपालिका १ भरतपुर बस्ने २७ वर्षीय दिनेश नाथ र गोदावरी नगरपालिका ४ बुढितोला बस्ने ३६ वर्षीय शेर बहादुर तामाङलाई लागूऔषधसहित प्रहरीले पक्राउ गरेको हो।
प्रहरीले दिनेशको कोठाबाट ६ ग्राम १ सय ५० मिलिग्राम र शेर बहादुरलाई गोदावरी नगरपालिका २ दक्षिणकाली पेट्रोलपम्प नजिकबाट २ सय २० मिलिग्राम ब्राउनसुगरसहित लागूऔषध बरामद गरेको हो। उनीहरुको साथबाट जम्मा ६ ग्राम ३ सय ७० मिलिग्राम लागूऔषध बरामद गरिएको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। सोमबार बिहान ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले उनीहरु दुबैलाई पक्राउ गरि थप अनुसन्धान भैरहेको जनाएको छ।


