काठमाडौं। राष्ट्रपतिको निर्वाचनमा आफूलाई मत माग्न नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलले राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरुसँग भेट गरेका छन्। आगामी फागुन २५ गते राष्ट्रपति निर्वाचन हुँदैछ । राष्ट्रपति पदका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेलसँगै नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ उम्मेदवार छन्।
राष्ट्रपति उम्मेदवार पौडेलले राप्रपा पार्टी कार्यालयमा अध्यक्ष राजेन्द्र लिङदेनसँगै अन्य नेता तथा सांसदहरुसँग अहिले भेट गरिरहेका छन्। पौडेलले आजै बिहान नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसँग भेट गरेका थिए। सत्ता गठबन्धनका आठ दलको साझा उम्मेदवार पौडेल अहिलेको मतभारअनुसार राष्ट्रपति निर्वाचित हुने निश्चित देखिन्छ।