कञ्चनपुर। कञ्चनपुरमा सवारी ज्यान मुद्दाका अभियुक्त १५ वर्षपछि पक्राउ परेका छन्। जिल्ला अदालत कञ्चनपुरबाट ६ दिन कैद र २ हजार जरिवानाको सजायमा फरार रहेका दोधारा चाँदनी नगरपालिका ७ का प्रलाद क्षेत्रीलाई प्रहरीले आज सोमबार पक्राउ गरेको हो।
उनलाई निजकै घर ठेगानामा लुकिछिपि बसिरहेको अवस्थामा पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी प्रकाश डाँगीले बताए। २०६४ जेठ ३१ मा जिल्ला अदालतले क्षेत्रीलाई सजायको फैसला सुनाएको हो। उनलाई कञ्चनपुर जिल्ला अदालतमा पेश गराईएकोमा कञ्चनपुर जिल्ला अदालतबाट निजलाई तोकिएको सजाय भुक्तानको लागी कारागार चलान गरिएको छ।