धनगढी। सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले आइतबार बिश्वासको मत पाएका छन्। जम्मा ५२ प्रदेश सभा सदस्यले गरेको मतदानको पक्षमा ४१ मत र बिपक्षमा ११ मत खस्दा मुख्यमन्त्रीले शाह झन्डै दुई तिहाई मत पाएका हुन्।
जसमा मुख्यमन्त्री शाहले आफ्नै पार्टी कांग्रेसको १९, माओवादीको १०, नागरिक उन्मुक्ति पार्टीका सात, एकीकृत समाजवादीका चार र स्वतन्त्रबाट एक जना सदस्यको मत पाए। माघ २६ गते नागरिक उन्मुक्ती पार्टिले बिश्वासको मत नदिँदा एमालेका राजेन्द्र सिँह रावल नेतृत्वमा बनेको सरकार ढलेको थियो। कारण उन्मुक्तीले आफ्ना रेशम चौधरीसहित टिकापुर राजबन्दीको रिहाईको माग र मुद्धा सम्बोधन नगरेको भन्दै निर्वतमान रावलको सरकारलाई बिश्वासको मत नदिएको बताएको थियो। माग पुरा नहुने देखेपछि र उल्टै नागरिक उन्मुक्तीकै प्रतीनिधी सभा साँसद पक्राउ परेपछि झन् उन्मुक्ती पार्टि रुष्ट बनेको थियो।
र रावल नेतृत्वको सरकार बिश्वासको मत नपाएर ढल्न पुगेको हो।तर अहिलेका मुख्यमन्त्री बनेका कमल बहादुर शाहले रेशमकै घरपरिवार देखी अध्यक्ष रञ्जीता श्रेष्ठ र जेल जिवन बिताइरहेका रेशमलाई डिल्लीबजारमा भेटेका थिए । मुख्य मन्त्री शाहले बिश्वासको मत पाएपछि माग पुरा बताएका छन् । त्यसबिच अहिले केन्द्रमा नयाँ राजनिती समिकरण बनेपछि उन्मुक्तीले विश्वासको मत दिन सहमत देखीएको हो।नागरिक उन्मुक्तीको पुरानै माग पुरानै मागसहित मन्त्रालयको भागबण्डा अघि सारेर माग पुरा गर्ने आश्वासन पाएपछि बिश्वासको मत दिने बातावरण बनेपछि उन्मुक्तीले मत दिएको हो । यस्तै आइतबार बिश्वासको मत पाएपछि उनले सरकार बिस्तार र मन्त्रालयको भागबण्डा चाँडै टुङ्ग्याइने बताएका छन्।
उनले प्रदेशका हरेक समस्या, प्रदेश संरचनाका समस्याका बारेमा राम्रोसँग बुझेको, प्रदेश र संघको बिचको असमझदारीका बारेमा अध्ययन गरेको र प्रदेश सरकारको समग्र पक्षमा रहेर काम गर्ने बताए। उनले नागरिक उन्मुक्तीबाट पनी बिश्वासको मत पाएको बताउँदै पावरसेयरिङ कुरा केन्द्र तह तथा शिर्ष नेताबिचको छलफलपछि टुङ्गीने उनले बताए। सरकार बिस्तार गर्ने कुरा सबैलाई मिलाएर र सहभागी भएर लैजाने उनले बताए। सरकारको नेतृत्वमा आलोपालो र मन्त्रालय भागबन्डाको विषय गठबन्धनको शीर्ष तहमा टुंग्याइने नेताहरूले बताए । मुख्यमन्त्री शाहले पनि पावर सेयरिङको विषयमा आठदलीय गठबन्धनको शीर्ष तहमै सहमति हुने बताए । राष्ट्रिय राजनीतिमा हुने सहमतिका आधारमा प्रदेश सरकार अगाडि बढ्ने उनले बताए ।
प्रदेशमा अब राजनीतिक स्थायित्व र समृद्धिको यात्रा प्रारम्भ हुने मुख्यमन्त्री शाहले बताए । यही २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनमा मतदान गर्न सबै प्रदेश सभा सदस्य काठमाडौं जाँदै छन् । त्यहीवेला शीर्ष तहमा छलफल गरेर सरकारको आलोपालो र मन्त्रालय भागबन्डाको विषयमा समझदारी गरिने बताइएको छ ।आलोपालो नेतृत्वमा लिखित सहमति नभए पनि गठबन्धनका नेताहरू सहमत रहेको माओवादीका एक प्रदेश सभा सदस्यले बताए । नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता खगराज भट्टले पनि आफूहरूले अघि सारेका विषयप्रति शीर्ष नेताहरूमा समझदारी बनेको दाबी गरे । ‘शीर्ष तहका नेताहरू हाम्रा विषयप्रति सकारात्मक रहेको र हामीले उठाएका विषय सकारात्मक ढंगले सम्बोधन गर्ने भनेर वचनबद्धता दिएको भट्टले बताए। नागरिक उन्मुक्तिका प्रदेश सभा सदस्य लक्ष्मणकिशोर चौधरीले टीकापुर घटनाका बन्दीलाई रिहा गर्नुपर्ने आफूहरूको माग पूरा हुने विश्वाससहित सरकारलाई मत दिएको बताए । सत्ताका लागि मात्र सरकारलाई समर्थन नगरेको उनले बताए । उनले गठबन्धनमा केन्द्रमा बनेको सहमतिअनुसार प्रदेश सरकारलाई विश्वासको मत दिएको बताएका छन्।