कैलाली। जिल्ला प्रशासन कार्यालय कैलालीले होलीमा जथाभावी रङ दल्ने र उच्छृङखल गतिबिधी गर्नेलाई कारवाही गर्ने भएको छ। प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत शिवराज जोशीले आइतबार एक सूचना जारी गर्दै होलीका अवसरमा कोही कसैको ईच्छा विपरित जथाभावी रङ दल्ने, लोला तथा पानी छ्याप्ने, बाटो ढुकेर बटुवालाई रंग लगाउन कार्य गरे कारवाही गरिने जनाएका हु्न् ।
उक्त सूचनामा बाटो अवरोध गरी सवारी साधनबाट रकम असुल्ने, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, सार्वजनिक ठाउँहरुमा हो–हल्ला गर्ने, कुनै पनि व्यक्तिको निजी जीवनमा असर पर्ने खालका र सार्वजनिक शान्ति व्यवस्थामा खलल पु¥याउने जस्ता अराजक, उच्छृङ्खल एवं अवाञ्छित कार्यहरु नगर्न अनुरोध गरिएको छ। तराइमा फागुन २३ गते होली पर्व मनाइँदै छ । यो हेर्नुहोस् जिल्ला प्रशासन कार्यालय कैलालीले जारी गरेको सुचना