धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले बिश्वासको मत प्राप्त गरेका छन्। ३० दिन भित्र बिश्वासको मत लिने संबैधानिक प्रावधान अनुसार जम्मा खसेको ५२ मतमा मुख्यमन्त्री शाहको पक्षमा ४१ मत खसे। जसमा बिपक्ष जम्मा ११ मत खसेका थिए। जस् अनुसार मुख्यमन्त्री शाहले बहुमत प्राप्त गरेका छन्।
केन्द्रमा बनेको नयाँ गठबन्धनमा आबद्ध दलहरू नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, नेकपा एकीकृत समाजवादी र एक स्वतन्त्र प्रदेशसभा सदस्यले मुख्यमन्त्री शाहलाई मत दिएका हुन्।मुख्यमन्त्री कमल बहादुर शाहले बिश्वासको मतको लागी प्रस्ताब पेश गरेपछि सभामुख भिम बहादुर भण्डारीले मतदान प्रक्रिया सुरु भएको जानकारी गराएका थिए। माओवादीले पनी बिश्वासको मत दिएको थियो। नागरिक यता उन्मुक्ति पार्टीले आजै सुदूरपश्चिम सरकारमा जाने निर्णय गरेको थियो।
आज बसेको संसदीय दलको बैठकले सरकारलाई विश्वासको मत दिँदै सरकारमा सहभागी हुने निर्णय अनुसार केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठलाई साँच्चि राखीएको थियो । निर्णयमा उन्मुक्ति पार्टीले विश्वासको मत दिने र सरकारमा सहभागी हुने निर्णय गरेको थियो। ५३ सदस्यीय प्रदेश सभामा विश्वासको मत सिद्ध गर्न २७ सांसदको समर्थन आवश्यक पर्छ। प्रदेश सभामा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका सभामुख बाहेक १०, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एकीकृत समाजवादीका ४, राष्ट्रिय प्रजातन्त्र पार्टीका १ / १ जना स्वतन्त्र सांसद छन्।