धनगढी । सुदूरपश्चिम प्रदेस सभाका स्वतन्त्र सांसद डा. तारा जोशीले मुख्यमन्त्रीलाई विश्वासको मत दिने भएका छन् । डडेल्धुराबाट प्रत्यक्ष निर्वाचित स्वतन्त्र सांसद जोशीले आज मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिने भएका हुन् । तर उनले मुख्यमन्त्रीलाई विश्वासको मत दिएपनी सत्ता पक्षमा नबसेर प्रतिपक्षमा बस्ने बताए। उनले आफुले सरकारलाई स्थिर बनाउन विश्वासको मत दिने बताए । प्रतिपक्षमा बसेर जनताका बिषयमा बोल्ने जानकारी दिए ।



अहिले दिउँसो १ बजे बस्ने भनिएको प्रदेश सभाको बैठक १ बजेर ४५ मिनेटमा बसेर बैठक सुरु भएको छ। मुख्यमन्त्री शाहले विश्वासको मत लिँने तयारी छ । ५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा विश्वासको मत पाउन २७ सांसद आवश्यक पर्छ । सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसका १९, सभामुखसहित माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४ तथा राप्रपाका एक र स्वतन्त्र एक सांसद छन् ।
