अत्तरिया। कैलालीको गोदावरी नगरपालिकाका जनप्रतिनिधिहरु एक साता भ्रमणमा गएका छन्।क्षेत्रीय शहरी बिकास आयोजनाले विभिन्न जिल्लाका नमुना नगरपालिकाहरुको अबलोकन गराउने भ्रमण अनुसार उनीहरु भ्रमणमा गएका हुन्।
भ्रमणमा नगरप्रमुख बिरेन्द्र भट्ट, उपप्रमुख शारदा देबी रोकाया, प्रमुख प्रशासकिय अधिकृत बसन्तकुमार खत्री सहित ३० जनाको टोली शनिबार बिहान अत्तरियाबाट हिंडेको हो। बिषेशत फोहर ब्यबस्थापन ल्यान्डफिल्ड शहरी बिकास आयोजनाले बनाउने भएकोले सो कुरोको अध्ययन अबलोकन गर्न टोलि हिंडेको नगरपालिकाका प्रमुख बिरेन्द्र भट्टले बताए। टोली इलाम सम्म पुग्न कार्ययोजना रहेको बताइएको छ ।

