कैलाली। कैलाली जनपुस्तकालयले आफ्नो ६६ औं वार्षिकोत्सव समारोह तथा ४६ औं साधारण सभामाको अवसरमा बिभिन्न ब्यक्तीलाई सम्मान गरेको छ । जनपुस्तकालयको वार्षिकोत्सव समारोह तथा साधारण सभामाको अवसरमा बिभिन्न ब्यक्तीलाई सम्मान गरेको कैलाली जनपुस्तकालयले जनाएको छ। सम्मानित हुनेमा पत्रकार दीपक उपाध्यायलगायतका रहेका छन्।
उनलाई चित्र बहादुर कार्की राष्ट्रिय समाजसेवा पुरस्कार २०७९ प्रदान गरिएको छ। लामो समयदेखि पत्रकारितासँगै सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएको भन्दै उपाध्याय सम्मानित भएका हुन्। अहिलेसम्म एकसय पटक रक्तदान गरिसकेका उपाध्यायले सामाजिक क्षेत्रका साथै रक्तदानको विषयलाई सामाजिकरण एवम् जागरण गराउने कार्यमा उल्लेखनीय भूमिका निर्वाह गरिएको बताइएको छ।
यस्तै दीनानाथ राष्ट्रिय साहित्य प्रतिभा पुरस्कार महेश बिक्रम शाह (अछाम), पूर्ण–कृष्ण स्मृति राष्ट्रिय साहित्य प्रतिभा पुरस्कार माया ठकुरी (काठमाडौ), साबित्री–कमल राष्ट्रिय लोक संस्कृति पुरस्कार डा.देवेन्द्र प्रसाद भट्टलाई, उदय– दुर्गा साहित्य पुरस्कार हरिश जोशी महेन्द्रनगरलाई र हर्ष– पार्वती लोक संस्कृति पुरस्कार गोविन्द प्रसाद पाण्डेय (नेपालगञ्ज)लाई पुरस्कृत गरिएको जनपुस्तकालयका अध्यक्ष डाक्टर टीएन जोशीले बताए। यस्तै कैलाली जनपुस्तकालय पुरस्कार रामलाल जोशी, तिलोत्तमा स्मृति राष्ट्रिय शैक्षिक साधना पुरस्कार प्रा.बुधराम चौधरीलाई, शिव– बीमा राष्ट्रिय शिक्षा सेवा पुरस्कार प्रा.सुरेन्द्र चन्द, द्वारिकादेवी ठकुरानी स्मृति राष्ट्रिय प्रतिभा पुरस्कार सरस्वती भट्ट (काठमाडौ)लाई प्रदान गरिएको छ।
त्यस्तै शिव–बिमा जेहन्दार छात्रवृत्ति धरणीधर भट्ट (डोटी),यज्ञराज यात्री राष्ट्रिय साहित्य प्रतिभा पुरस्कार आचार्य घनश्याम लेखक (कञ्चनपुर)लाई प्रदान गरिएको छ। त्यस्तै सूर्यप्रसाद विष्णुदेवी राष्ट्रिय साहित्य प्रतिभा पुरस्कार जनक रसिक (डडेल्धुरा), भोजराज हरिप्रिया राष्ट्रिय समाजसेवा पुरस्कार समाजसेवी सीताराम अवस्थी र दशरथ चन्द स्म्मृति राष्ट्रिय सम्मान शिक्षासेवी अनिता पन्तलाई प्रदान गरिएको छ ।यस्तै जयपृथ्वीबहादुर सिंह स्मृति राष्ट्रिय सम्मान हरिश ओझालाई, पहलमानसिंह स्वार समृति राष्ट्रिय सम्मान प्रा.जगन्नाथ जोशीलाई, परिमल स्नेही राष्ट्रिय लोक नृत्य सम्मान चिनाराम नेपाली (कञ्चनपुर)लाई, बद्रीनाथ राष्ट्रिय शिक्षा सेवा सम्मान भूपाल खड्कालाई र युवा प्रतिभा राष्ट्रिय सम्मान केपी कलौनी र गगन अयडीलाई प्रदान गरिएको जनाइएको छ ।

