कैलाली। कैलालीमा जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरी टोलीले जिल्लाको जानकी गाउँपालिका –३ भगतपुरबाट जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो।
उनीहरुको नाम खुलाएको छैन्। उनीहरूको साथबाट नगद २४ हजार ३ सय ३५ रुपैयाँ र १ बुक ताससहित शुक्रबार पक्राउ गरेको हो। ईलाका प्रहरी कार्यालय टिकापुरले उनीहरुलाई पक्राउ गरी सो सम्बन्धमा थप अनुसन्धान भैरहेको बताएको छ।