धनगढी। कैलालीमा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने आमऔषधि सेवन अभियान जारी छ। कैलालीमा १०औँ पटकसम्म हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान सफल हुन नसकेपछि ११औँ पटकको अभियान जारी रहेको हो।
अभियान सञ्चालन भएको सातौं दिनसम्म कुल लक्ष्यको आधा जनसङ्ख्याले हात्तीपाइले रोगविरुद्धको आमऔषधि सेवन गरेको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ। कार्यालयका अनुसार साँतौ दिनसम्म ६ लाख ६० हजार ४७ जनाले हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन गरेका छन्। जिल्लामा नौ लाख २६ हजार ८९० जनसङ्ख्या रहेकोमा हालसम्म ७१.२१ प्रतिशतले हात्तीपाइले रोगविरुद्धको औषधि खाइसकेको सो कार्यालयको भनाइ छ। कैलालीमा फागुन २४ गतेसम्म हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने छ।