धनगढी। कैलालीमा लागूऔषधसहित २ महिलासहित पाँच जना पक्राउ परेका छन्।जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार लागूऔषध कारोबारमा संलग्न पाँच जना पक्राउ परेका हुन्। पक्राउ पर्नेमा टिकापुर नगरपालिकाकी २८ वर्षीया साबित्री मगर शाही,२२ वर्षीया कल्पना चौधरी रहेकी छिन्।
टिकापुर नगरपालिकाको २६ वर्षीय बालकृष्ण चौधरी, ३० वर्षीय प्रकाश बुढा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ। यस्तै कैलालीको लम्किचुहा नगरपालिकाका ४० वर्षीय सुनिल शाही, बर्दगोरीयाका २६ वर्षीय निरज चौधरी रहेका छन् । उनीहरु पाँचै जनालाई पक्राउ गरि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।


