धनगढी। कैलारी गाउँपालिकाको आर्थिक बर्ष २०७९/०८० को सम्पन्न हिउँदे अधिबेशनबाट पाँच वटा विद्येयक पास भएको छ। गाउँपालिका अध्यक्ष राजसमझ चौधरीको अध्यक्षतामा बुधबार बसेको हिउँदे अधिबेशनको चौथौ सभा बैंठकमा विद्येयक समितिका संयोजक विकास चौधरीले पेश गरेका पाँच वटा विद्येयक पास भएको हो।
हिउँदे अधिवेशनबाट कैलारी गाउँपालिकाको खानेपानी तथा सरसफाई उपभोक्ता समिति व्यवस्थापन कार्य विधि २०७९, कैलारी गाउँपालिकाको सामाजिक सुरक्षा वितरण कार्यविधि २०७९, कैलारी गाउँपालिकाको फोहोरमैला व्यवस्थापन ऐन २०७९, कैलारी गाउँपालिकाको न्यायिक समिति संचालन कार्यविधि ऐन ९पहिलो संशोधन० २०७९ र कैलारी गाउँपालिकाको स्वास्थ्य नीति २०७९ सर्वसम्मतबाट पास भएको छ ।
अधिबेशनमा सम्बोधन गर्दै गाउँपालिकाले सभाका सदस्यहरुबाट उत्थान गरिएका बिषय बस्तुहरुका सन्र्दभमा ध्यानाकर्षण भएको जानकारी गराउदै, सभामा सम्बोधन गर्नु हुने सभाका सम्पूर्ण सदस्यज्यूहरुबाट समग्र कैलारी गाउँपालिकाको समग्र विकास, सेवा प्रवाह, सुशासनको प्रतिभूति, सामाजिक न्यायको स्थापना, लक्षित तथा विपिन्न समुदायको जिवनस्तरसँग सम्बन्धित सवालका साथै जनगुनासोको सम्बोधन प्रतिवद्ध रहेको बताए । गाउँसभा बैठकमा गाउँपालिका उपाध्यक्ष भगवती कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत विरबहादुर ऐर, सबै वडाका अध्यक्षहरु, कार्यपालिका सदस्य, वडा सदस्य, विभिन्न शाखाका प्रमुख हरुको सहभागिता रहेको थियो ।