कैलारी। कैलालीको कैलारी गाउँपालीकास्थीत हसुलियामा वाईवाई एसईई आइडलको एघारौँ अडिसन सम्पन्न भएको छ। प्रभात मिडिया एण्ड ईभेन्ट प्रा.लि.ले आयोजना गरिरहेको सुदूरपप्श्चिम प्रदेश स्तरीय नृत्य र गायन विधाको प्रतियोगिता वाईवाई एसईई आईडलको आज कैलारी गाउँपालीकाको हसुलियास्थीत दिपेन्द्र माध्यमिक बिद्यालयमा एघारौँ अडिसन सम्पन्न भएको हो।
२०७९ पुसमा सुरु भएको यस कार्यक्रमका अडिसनहरु २०८० जेष्ठ सम्म सुपका ९ वटै जिल्लामा आयोजना हुनेछन् । भने २०८० असार २ गते फाईनल धनगढीमा सम्पन्न हुने बताइएको छ। सुदूर पश्चिमका कुना काप्चामा लुकेर रहेका नृत्य र गायन प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजित यस प्रतियोगिताका २५ अडिसनमा सहभागी नृत्यहरु मध्ये उत्कृष्ट २० र गायन प्रस्तुती मध्ये उत्कृष्ट १० प्रस्तुतीलाई मात्र फाईनलमा समावेश गरिनेछ ।
नृत्य तर्फको विजेता र उप-विजेताले नगद पुरुस्कार क्रमश: रु.५० हजार र रु. २५ हजार सहित ट्रफि, विभिन्न गिफ्ट ह्याम्पर पुरुस्कार पाउनेछन्। गायन तर्फको विजेता र उप-विजेताले नगद पुरुस्कार क्रमश: रु २० हजार र रु. १० हजार सहित ट्रफि, विभिन्न गिफ्ट ह्याम्पर हात पाउनेछन्। साथै दुवै विधाका विजेता र उप-विजेताहरुले कक्षा ११ मा छात्रवृत्ति पनि पाउनेछन्। यस कार्यक्रममा एसपिए र रेडिकल एकेडेमीको पनि सहयोग रहेको छ । भोलि धनगढीको थ्रि स्टार माध्यमिक बिद्यालयमा बाह्रै अठिसन हुन गईरहेको बताइएको छ।

