धनगढी : धनगढीको बिकास होटेलका सञ्चालक यज्ञ तिवारीले ठगेका एकपछि अर्को घटना बाहिरिन लागेका छन् । तिवारीले आल्मुनियम बनाउने मिस्त्रीको पैँसा समेत खाएको पाइएको छ । २०७६ सालमा आफ्नै बिकास होटेलको झ्याल ढोका बनाउन काम लगाएका सोनु बोगटीको करिब २ लाख रकमल तिवारीले खाएको पाइएको छ ।
घरको झ्याल ढोकाका लागी २ लाख ६८ हजार बराबरको आल्मुनियम लगाएका तिवारीले केही रकम अग्रिम भुक्तानी गरेको सोनु बोगटीले बताए । आल्मुनियम लगाइसकेपछि केही दिनमा रकम दिने आश्वासन पाएका बोगटीले ३ बर्षसम्म बाँकी रकम पाउन सकेनन् । केही रकम अगृम दिइसकेको थियो अन्य ठाउँ बिश्वासलेनै काम गर्ने गरेकाले तिवारीकोमापनि बिश्वास मानेरै काम गरे उनले भने “काम सम्पन्न गर्दा हामीले लिनुपर्ने बाँकी हिसाब १ लाख ६८ हजार ९ सय ३० रुपयाँ थियो, त्यो पैँसा केही दिनमै दिने यज्ञ तिवारीले आश्वासन दिएपछि हामीले कुनै शंका नमानी फर्कियौँ, तर दिन बित्दै जाँदा समेत रकम दिन मानेन, भोली, पर्सी भन्दै हामीलाई उसले ठग्दै गयो, पैँसा पाएनौँ ।”
जती गर्दापनि हाम्रो पैँसा नदिएपछि २ बषैअघी धनगढीको वडा प्रहरी कार्यालयमा उजुरी दिन जाँदा उजुरी दर्ता भएन उनले भने “त्यसपछि जिल्ला प्रहरी कार्यालयमा निवेदन दिन जाँदा मन्जुरीनामा भएको कागज मागियो, हामी काम गर्नका लागी गएका मान्छे, त्यसमा केही रकम अगृम भुक्तानी भइसकेपछि बिश्वासले कागज बनाएनौँ, त्यसै कारण जिल्ला प्रहरी कार्यालयमापनि उजुरी दर्ता भएन ।” हामीलाई तिवारीले १५ हजारको र ५० हजारको दुइ वटा चेक दिएको थियो तर ति चेकको खातामा पैँसानै नहाल्ने उनले भने “हामीलाई ठगेर निकै समस्यामा पारेपछि मुद्धा दर्ताका लागी अदालत धायौँ, त्यहाँ चेक बाउन्सको मुद्धा दर्ता गराउने सोचेको थिए तर रकम लिनुपर्ने धेरै चेक ६५ हजारको मात्रै हुँदा आधा पैँसापनि नपाइने देखेर मुद्धापनि दर्ता गरेन ।”
जिन्दगीमा यत्तिको मजदूरी गरियो यज्ञ तिवारी जस्तो ठक कतै देखेन उनले भने “दिनभरी काम गरेर खानेलाइ त त्यसले ठग्यो अरुलाई के गरेको होला, यसको बिरुद्ध नागरिक समाज तथा सबै सचेत नागरिक लाग्नुपर्ने बेला भएको छ ।”
यसअघी यज्ञ तिवारीले घरनै हढ्पेको भन्द्रै धनगढी उप महानगरपालिका १ बसन्तटोलका करन चेहडा दम्पति मिडिया गुहार्न पुगेका थिए । ति दम्पतिका अनुसार चेहडा कहाँ दृष्टी बन्धकी राखेको जमिन रकम फिर्ता गरिसक्दा समेत फिर्ता नगरी अरुलाइनै बिक्रि गरिदिएपछि बिचल्ली परेको छ । ५ धुर जमिन भएको घरजग्गा तिवारीले ठगेर लगेपछि चेहडा दम्पति बिचल्लीमा छन् ।

