धनगढी। कैलालीको धनगढीबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। अवैध लागूऔषधसहित पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–९ त्रिबेणीघाटका २६ वर्षीय राजेश राना रहेका छन्।
प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका-८ धनगढी गाउँका राना दुई ग्राम ३ सय ९० मिलिग्राम लागुऔषधसहित सोमबार साँझ पक्राउ परेका हुन्। अस्थाई प्रहरी पोष्ट जुगेडा र सशस्त्र प्रहरी बल बीओपी बङग्राकटानबाट खटिएको संयुक्त प्रहरी टोलीले साइकलमा आउँदै गरेका रानालाई लागुऔषधसहित पक्राउ गरेको थियो।