कञ्चनपुर। नेकपा बहुमतले कञ्चनपुरको शुक्लाफाँटा नगरपालीकालाई ज्ञापन पत्र बुझाएको छ। नेकपा बहुमतले मंगलबार विविध ६ बुँदे माग अघि सारेर नगरपालीकालाई ज्ञापन पत्र बुझाएको हो।
बहुमतका नगर इन्चार्ज एवं वडा नम्बर ८ का वडाध्यक्ष बहादुर सिह महराले मेयर रण बहादुर महरालाई ज्ञापन पत्र बुझाएका हुन। ज्ञापन पत्रमा नगर भित्र रहेका मिटर ब्याजी, लघुवित्त सहकारीको ज्यादती रोक्नुपर्ने, ई(रिक्सा पार्किङ्ग स्थल बनाउनुपर्ने, सरकारी जमिन अतिक्रमण फिर्ता, रोजगारी दिनुपर्ने लगायतका क्षेत्रीय शहरी विकास आयोजनामा भईरहेको गुणस्तहिन काममा रोक लगाउनुपर्ने लगायतका माग अघि सारेका छन ।