धनगढी। धनगढीस्थीत नवजीवन अस्पताल प्रालीले भोली १७ औँ वार्षिक उत्सव मनाउने भएको छ। १७ औँ वार्षिक उत्सवको अवसरमा अस्पतालले विभिन्न कार्यक्रमको आयोजना गरेको अस्पतालका सिइओ चक्र खडायतले जानकारी दिए।
नवजीवन अस्पतालले १७ औँ वार्षिक उत्सवको अवसरमा फाल्गुन १७ गते सबै बिरामीका लागी ओपिडी टिकट फ्रि गर्ने, यस्तै सबै बिरामीका लागि ल्याब परीक्षणमा १२ प्रतिशत छुट दिइने अस्पतालले जनाएको छ । यस्तै वार्षिक उत्सवको अवसरमा १७ गते बिहान ८ बजे बिरामीलाई फलफूल वितरण, बिहान ९ बजे रक्तदान कार्यक्रम गर्ने अस्पतालका मेडिकल डाइरेक्टर डा.बिदुरमणी ढकालले जानकारी दिए। रक्तदान गर्ने इच्छुक भए आउन समेत आह्वान गरिएको छ।
२०६२ साल फागुन ११ गते १५ शय्या अस्पतालको स्वीकृति लिई नवजीवन अस्पताल सुदूरपश्चिम प्रदेशको पहिलो निजी अस्पताल हो। अक्सिजन अभावलाई मध्यनजर राख्दै आफ्नै लगानीमा अस्पताल प्राङ्गणमा अक्सिजन प्लान्ट स्थापना गरेको र अस्पताल जन्य सेवा प्रदान गर्दै आइरहेको छ। यस्तै अस्पतालबाट वरिष्ठ हाड जोर्नी तथा नसा रोग विशेषज्ञ प्रत्येक दिन, प्रसूति तथा महिला रोग,बाल रोग, जनरल तथा ल्याप्रोस्कोपिक सर्जन,मानसिक तथा स्नायु,पेट छाती तथा मुटु रोग विशेषज्ञ प्रत्येक दिन सेवा प्रदान हुँदै आइरहेका छन्।