कैलाली। कैलालीका एक जना पत्रकारलाई समाचार प्रसारण गरेको भन्दै नियन्त्रणमा लिइएको छ। कैलालीको बर्दगोरियामा रहेको आरएनसी टे«डिङ प्रालीका बारेमा समाचार संकलन गरेर फर्किँरहेका बैज्ञानिक मिडीयाका प्रबन्धक निर्देशक टिकाराम साउँदलाई आरएनसी टे«डिङसँग सम्बन्धित व्यक्तिहरूले उनलाई दुई घण्टा नियन्त्रणमा लिएका हुन् ।
नियन्त्रणमा लिनेहरुमा भीम ऐर र केशव बोहरालगायतका रहेका प्रहरीले जनाएको छ। उनीहरुले प्रसारण गरेको भिडियो समेत हटाउन दबाब दिनुका साथै साउँदको मोबाइल पनि कब्जा गरेका थिए । केही घण्टा पछि प्रहरी टोली पुगेर पत्रकार साउँदलाई छुटाएको थियो। नियन्त्रणमा लिनेहरुलाई प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय सुखडकाप्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक वीरेन्द्र विश्वकर्माले बताए। उनीहरुलाई प्रहरी कार्यालयमा ल्याएर थप अनुसन्धान गरिरहदा आरएनसी टे«डिङमा आवश्यक कागजात समेत फेला नपरेको प्रहरी नायव उपरीक्षक विश्वकर्माले बताए।
पत्रकार साउँदले आफूलाई नियन्त्रण राख्नेहरू माथि कडा कारबाहीको माग समेत गरेका छन्। आज साउद सहित पत्रकार रमेश बम लोकुसिंह ठकुरी, खेम ढुङ्गाना र तपेन्द्र ढुङ्गाना पनि समाचार सङ्कलनमा गएर फर्किसकेपछि साउँदलाई नियन्त्रणमा लिइएको थियो। उक्त घटनालाई पत्रकार महासंघले पनि भर्त्सना गरेको छ। पत्रकार महासङ्घ कैलालीका सदस्य कृष्ण प्रसाद ओझाले पत्रकारलाई नियन्त्रण राख्नेहरूलाई कडा कारबाहीको माग गरेका छन्। समाचारमा असहमति भए कानुनी उपचारका विधि हुँदा हुँदै पत्रकारमाथि जाइलाग्नेहरू विरुद्ध महासङ्घ कडा रुपमा प्रस्तुत हुने समेत उनले जनाए।