धनगढी : धनगढीको शिवसिखर सहकारी र बचतकताृहरु बिच पाँच बुँदे सहमती भएको छ । आइतबार जिल्ला प्रहरी कार्यालय कैलालीमा दुवै पक्षबिच भएको छलफलपछि पाँच बुँदे लिखित सहमती भएको हो ।
शिव सिखर सहकारीका बिपद ब्यवस्थापन समिति संयोजक भोजराज पौडेल, सुदूरपश्चिम प्रदेश प्रमुख, धनगढी साखा प्रमुखको हस्ताक्षर सहित पाँच बुँदे सहमती भएको संघर्ष समिति सदस्य तथा सहकारीका सेयर सदस्य लोकेन्द्र लम्सालले बताए । सहकारीको सुदूरपश्चिम प्रदेशभरीका कर्मचारीको तलव तथा सुबिधा सहितको बिवरण, बंकहरुसंग गरेको कारोबार, सहकारीको सम्पति बिवरण र अशुलीका लागी जिल्ला प्रशासन कार्यालय कैलाली, सहकारी बिभाग र बचतकर्ताहरु सहितको समिति गठन गर्ने र कार्यालय सञ्चालन गर्ने सहमती भएको लम्सालले बताए ।
बचतकर्ताहरुले शिवशिखबरका प्रदेश प्रबन्धक हेमराज जोशी र धनगढी शाखा प्रबन्धक बसन्ती जोशीलाई जिल्ला बाहिर जान स्थानीय प्रशासनको सहमति लिनुपर्ने व्यवस्थाको माग गरेका छन्। शिवशिखर सहकारीका अनुसार सुदूरपश्चिम प्रदेशका बचतकर्ताको सहकारिमा एक अर्ब ५० करोड बढी रकम जम्मा छ।
साथै सोमबारबाट प्रदेशका विभिन्न शाखाहरु सञ्चालन हुने सहकारीका विपद् व्यवस्थापन समिति संयोजक भोजराज पौडेलले बताएका छन् । सहकारीमा अन्य कुनै समस्या नभए पनि देशमा भएको आर्थिक तरलताको अभावका कारण समस्या आएको उनको दाबी छ।
३६ वटा साखा रहेको सहकारीमा भैरहवा साखाबाट समस्या शुरु भएको थियो । सहकारीले बिभिन्न उधोगमा समेत लगानी गरेका कारण बचतकर्ताको रकमभन्दा बढी सम्पति रहेको उनले बताएका छन् । प्रदेशमा सहकारीको सम्पति धेरै भएकाले बचतकर्ताहरूलाई नआत्तिन पौडेलले अनुरोध गरेका छन्।