धनगढी : कैलालीमा एक किशोर मृत फेला परेका छन् । जिल्लाको धनगढी उप महानगरपालिका वडा नम्बर १८ फुलवारी इ गाउँका १५ बर्षिय अरुण सिहं मृत फेला परेका हुन् ।
प्रहरीका अनुसार धनगढी उप महानगरपालिका वडा नम्बर १८ नखलीपुर स्थित मोहना नदीमा सिहं आइतबार मृत फेला परेका हुन् । यस विषयमा थप अनुसन्धान भइरहेको कैलाली प्रहरीले जनाएको छ।

