काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन माओवादीले जनयुद्धको नामले हिंसात्मक यात्रा सुरु गरेको बताएका छन्। ओलीले नेपालमा ठूला(ठूला आन्दोलन भएको र पछिल्लो समय पुष्पकमल दाहाल प्रचण्डले हिंसाको बाटो हिँडेर हजारौंको क्रुरतापूर्वक हत्या भएको बताए।
उनले प्रधानमन्त्री प्रचण्डले युद्धका बेलाका साथी, सिपाहीलाई धोका दिएको जनतालाई धोका दिएको उल्लेख गर्दै आफूलाई धोका दिनु ठूलो कुरा नभएको बताए । शहीद परिवार तथा विभिन्न आन्दोलनमा घाइते भएकाहरुलाई सम्मानमा आयोजित कार्यक्रममा ओलीले यस्तो बताए। ‘जनतालाई धोका दिनुभो, सहयोद्धालाई धोका दिनुभो, जनतालाई धोका दिनुभो, आफूलाई त्यस ठाउँमा पुर्याउनेलाई धोका दिनुभो भने मलाई धोका दिनु कुन ठूलो कुरा ?’, ओलीले प्रश्न गरे ।
‘हिजो उहाँले भन्नुभो, दुई महिना कस्तो गाह्रो भएको थियो। साँच्चै गाह्रो भएको थियो उहाँलाई। हरियो देख्नै नहुने दाम्लो छिनाउन खोजेर जान खोज्ने मैले रोक्दिने अनि तान्दिएपछि गाह्रै भएको थियो। मलाई थाहा थियो। उहाँ टिक्न सक्नुहुन्न। उहाँका गतिविधि ठीकठाक चलुन्। मसँग काम गर्दा काले(काले मिलेर खाउँ भाले हुन सक्दैन। जहाँ हुन्छ त्यहाँ जानु,’ ओलीले भने । ओलीले ठूलो कचौरामा दूध र भात दियो भने छिमेकीको बिरालो आफ्नै भइहाल्छ भन्दै कटाक्ष गरे ।