कैलाली। डोटीका २ जना युवक लागुऔषधसहित पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार डोटी जोरायल गाउँपालिका–४ का ३१ वर्षीय भिमबहादुर मडै र २५ वर्षीय उद्वबबहादुर बिक पक्राउ परेको प्रहरीले जनाएको छ।
उनीहरु कैलालीको गोदावरी नगरपालिका–२ पहाड रोड नेचुरल होटल नजिकैबाट लागुऔषधसहित पक्राउ परेका हुन्।उनीहरुको साथबाट १ ग्राम ३०० मिलिग्राम लागुऔषध बरामद गरिएको छ । सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरको जनाएको छ।