धनगढी। कञ्चनपुरको महेन्द्रनगरबाट धनगढी आउँदै गरेको हाइस दुर्घटना भएको छ। आइतबार बिहान ८: २० मा महेन्द्रनगरदेखि धनगढी आउँदै गरेको बा ३ ख २३०३ नम्बरको हाइस दुर्घटना भएको सुदुरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।
हाइस शुक्लाफाटा नगरपालिका–११ कलुवापुर नजिकै वाइरिङ्ग सर्ट् भएर अनियन्त्रीत भई कल्भर्टमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ। हायसमा ६ जना सवार थिए। दुर्घटनामा चार जना घाइते भएका छन्।सुदुरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार घाईते हुनेमा कञ्चनपुरकी ३५ वर्षीया नन्दा भट्ट छिन्। घाईते भएकी भट्टको स्थानिय अस्पतालमा उपचार भैरहेको छ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले ड्राइभरले वाइरिङ्ग सर्ट्सर्किट भएर हायसबाट हाम फालेका थिए। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी प्रकाश डांगीका अनुसार दुर्घटनामा परेर घाइते हुनेमा चालक बेदकोट नगरपालिका–२ बसन्थलाका मदन सुनार, बेदकोट ४ बगुनका ४९ वर्षीय शंकरदत्त भट्ट र दार्चुलाको मार्मा गाउँपालिका–१ दहका ५५ वर्षीय हर्क सिंह धामी रहेका छन्। सामान्य घाइते उनीहरुको झलारीमा उपचार भइरहेको छ। थप विवरण संकलनको काम भइरहेको प्रहरीले बताएको छ।


