धनगढी। सुदुरपश्चिममा बैंकहरुको ब्याजदरविरुद्ध व्यवसायीहरु थप आन्दोलित बनेका छन्। शनिबार नेपाल उद्योग वाणिज्य महासंघ (सुदूरपश्चिम प्रदेश)को अभिभावकत्वमा र कैलाली उद्योग बाणिज्य संघको आतिथ्यतामा,कंचनपुर ,टिकापुर,अत्तरिया ,पुनर्वास ,बेलौरी,शुक्लाफाटा,गौरिगंगा उद्योग बाणिज्य संघका प्रतिनिधी, विभिन्न बस्तुगत संघका प्रतिनिधीहरुको संयुक्त बसेको बैठकमा उनीहरुले थप आन्दोलनमा जाने बताएका हुन्।
बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदर घटाउन पटक पटक माग गर्दा सुनुवाई नगरेको भन्दै व्यवसायी झन आक्रामक बनेका हुन् । सुदूरपश्चिमका नौवटै जिल्लाबाट बैंक ब्याजदर विरुद्धका कार्यक्रम अघि बढाउन आगामी संघर्षका कार्यक्रम तय उनीहरुले गरेका छन्। धनगढीमा भएको छलफलपछि उद्योगी व्यवसायीले यही १४ गते प्रचारप्रसार, सुचना प्रकाशन तथा पत्रकार सम्मेलन गर्ने, १५ गते हरेक दिन विहान ११ बजेसम्मका लागि बजार बन्द गर्ने, विरोध र्याली निकाल्ने, प्रत्येक बैंक, राष्ट्र बैंकदेखि प्रशासनसम्म कोण सभा गर्ने निर्णय गरिएको छ।
उद्योगी व्यवसायीहरुले १८ गते भने कुनै पनि बैंक तथा वित्तीय संस्थामा ‘नो डिपोजिट’ अर्थात निक्षेप जम्मा नगर्ने निर्णय समेत गरेका छन्। त्यस्तै २० गते सुदूरपश्चिमका सबै उद्योग वाणिज्य संघहरुले संघर्ष समिति गठन गर्ने र यसको जानकारी प्रदेश महासंघलाई गराउने निर्णय समेत भएको छ। साथै फागुनभित्र माग पुरा नभए थप छलफल गरेर सशक्त आन्दोलन गर्ने समेत निजी क्षेत्रले चेतावनी दिएको छ।
सुदूरपश्चिम प्रदेश भरी हाललाई संचालन गर्ने संघर्षका कार्यक्रमहरु तपसिल अनुसार रहेका छन ।
१.सबै जिल्ला÷नगर उ.बा .संघहरुले १४ गतेका दिन संघर्षका कार्यक्रमहरुको प्रचार÷प्रसार (सुचना प्रकासित या पत्रकार सम्मेलन गर्ने ।
२.फाल्गुन १५ गते देखि प्रत्येक दिन बिहान ११ बजे सम्मलाई बजार बन्द गर्ने र उक्त समयमा प्रत्येक दिन बिरोध र्याली गर्दै उक्त बिरोध र्याली हरेक दिनमा विभिन्न निकायमा(कहिले राष्ट्र बैंक ,कहिले जिल्ला प्रशासन ,कहिले कुनै एक बैंक कुनै दिन अर्को बैंक) गएर कोण सभा गर्दै समापन गर्ने।
३.फाल्गुन १८ गतेका दिन बैंकमा लय मभउयकष्त गर्ने ।
४.फाल्गुन २० गते सम्म प्रदेश भरिका सबै उ.बा संघहरुले संघर्ष समिती निर्माण गर्ने र सो को जानकारी प्रदेश महासंघलाई जानकारी गराउने ।
५.यो महिना भित्र पनि पनि माग सम्बोधन नभए अझै संयुक्त छलफल गरि थप ससक्त आन्दोलन गर्ने ।