धनगढी : आठ बर्षअघी प्रेम बिवाह गरेर श्रीमानसंगै भारतको राजिस्थान गएकी नेपाली युवती बिचल्लीमा परेकी छिन् । कञ्चनपुरको बेदकोट नगरपालिका माइती घर भएकी भगवती कुँवरको ८ बर्षअघी पुख्र्यौली अछाम घर भई भारतको राजिस्थानमा बस्दै आएका मुकेस स्वाँरसंग बिवाह गरेकी थिइन् । केही समयदेखी प्रेममा रहेका उनिहरुले कञ्चनपुरको एक मन्दिरमा बिवाह भएको थियो । भारतको राजिस्थान राजकोटमा आफ्नै घर भएका स्वाँरले बिवाहपछि भगवतीलाई घरमा भित्र्याए ।
घर परिवारले समेत स्वूकार भइसकेको बिवाह पश्चात उनिहरुको पहिलो शन्तान छोरा जन्मियो । छोरा गर्भमै हुँदा श्रीमान मुकेस स्वाँर संगै, देवर, शासु लगायत घर परिवारले यातना दिन थाले । भगवतीका अनुसार छोरा गर्भमै हुँदा श्रीमान र परिवारबाट निकै यातना भएको थियो । छोरा जन्मेपनि गर्भमा पाएको यातनाले स्वस्थ जन्मिन नसकेको भगवतीले बताइन् । गर्भमा र पछिको यातनाले ९ महिनामै छोराको मृत्यु भएको उनले बताइन् । भगवतीले छोराको हत्या भएको आरोप लगाएकि छिन् । पटक÷पटकको यातनाले छोरालाई चोटपटक लागेकै कारण बचाउन नसकेको उनले बताइन् ।
छोराको मृत्युपछि भगवतीले छोरीलाई जन्म दिइन् । छोरीलाई २ बर्ष हुँदादेखी श्रीमान र घर परिवारको यातना बढ्दै गयो । दाइजो नल्याएको भन्दै श्रीमान र परिवारले शुरु गरेको झगडा बिस्तारै बढ्दै गयो । दिनहरु बित्दै गएपछि आफुभन्दापनि श्रीमानले अरु महिलाहरुसंगको सम्बन्ध बढाएको भगवती बताउँछिन् । त्यहीदेखी सम्बन्ध चिस्सिदै गएपछि भगवतीलाई साढे ४ बर्षअघी घरबाट निकालिदियो ।
आफ्नो माइतिघर छोडेर पराइघर गएकी भगवतीको न्यायका लागी न कोही लड्ने आफन्त पाइए न सहयोग गर्ने प्रशासन नै । कर्म घर भनेर गएको घरनै दुस्मनको घर बनेपछि मेरो आफ्नो कोही रहेन उनले भनिन् “घरबाट निकालिदिएपछि माइतीको सहयोग लिएर म कोठामा बसिरहेकी छु, न्यायका लागी यहाँका अदालतमा मुद्धा दिएकी छु, प्रहरीकहाँ मुद्धा हालेकी छु तर अहिलेसम्म न्याय पाएकी छैन, म जबसम्म न्याय मिल्दैन नेपाल फर्किदैन ।” कति पटक आत्महत्या गर्नका लागी तयार भएकी छु उनले भनिन् “एउटा छोरी त छ त्योपनि अनाथ हुने होकी भनेर यसकै लागी मैले आत्महत्या नगरेकी हुँ, मुद्धा लड्न आर्थिकपनि अभावनै भइरहेको छ, समस्या छ तरपनि न्याय पाइन्छ भनेर आशमा छु ।”
श्रीमान मुकेस स्वाँरले दोश्रो बिवाह गरेको समेत खबर आएको भगवती बताउँछिन् । साथै बिगत ४ बर्षदेखी श्रीमान र घर परिवार सम्पर्क बिहिन भएको उनि बताउँछिन् ।