धनगढी। शुक्रबार धनगढी उपमहानगरपालीकाका तीन घरमा चोरी भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार शुक्रबार दिउँसो धनगढी वडा नम्बर १ त्रिवेणी चोकका तिन घरमा कोही नभएको मौका छोपेर चोरी भएको हो।
एउटा घरबाट एक तोला सुन र नगद चार हजार, अर्को घरबाट साइकल र त्रिवेणी चोककै अर्को घरबाट ट्याक्टरको ब्याट्री चोरी भएको बताइएको छ । त्रिवेणी चोक वरपरका घरमा चोरी भएको खबरपछि प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक खगेन्द्र साउँदले बताए। घटनाको विवरण संकलन भइरहेकाले कहाँ के कति चोरी भयो भनेर अनुसन्धान भइरहेको उनले बताए।


