धनगढी। सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार मन्त्री प्रकाशबहादुर देउवाले सडक सुरक्षा प्रदेश सरकारको प्राथमिकता रहने बताएका छन्। सडक दुर्घटनाका कारण थुप्रै मानिसले अकालमै ज्यान गुमाईरहेका कारण मन्त्री देउवाले सडक दुर्घटना न्यूनिकरण गर्न प्रदेश सरकारले आवश्यक नीति तथा कार्यक्रम प्राथमिकतमा राखेर ल्याउने बताएका हुन।
नेश्नल एलाइन्स फोर सेफ एण्ड सस्टेन्एवल मोविलिटीको आयोजनामा धनगढीमा आयोजित सडक सूरक्षा सम्बन्धि जनचेतनामुलक कार्यक्रममा बोल्दै देउवाले ट्राफिक नियमको पूर्ण पालना भए दुर्घटनामा कमी ल्याउन सकिने बताए। ‘सडक दुर्घटना न्यूनिकरणका सबै नियमको पालना गराउनु व्यक्ति, सरकार, नागरिक समाज लगायत सबै नागरिकको कर्तव्य हो’ उनले भने ‘सवारी चलाउँदा भएको एक किसिमको सानो गल्तीले मानव र परिवारले ठुलो क्षति व्यहोर्नुपर्छ । त्यसैले ट्राफिक नियमको पूर्ण पालना आवश्यक रहेको छ ।’उनले चेतनामुलक कार्यक्रमबाट मात्र सडक दुर्घटना न्यूनिकरण गर्न अर्थपूर्ण भुमिका निर्वाह गर्ने बताए ।