धनगढी। धनगढी क्रिकेट एकेडेमी(डिसिए)ले बिहीबार भैरहवा सम्पन्न खड्गप्रसाद गौचन मेमोरियल क्रिकेट प्रतियोगिताको उपाधि उचालेको छ। डिसिएले काठमाडौंको एक्सिलेन्स क्रिकेट एकेडेमी(सीईसी)लाई २ विकेटले हराउँदै उपाधि जितेको हो ।
टस हारेर ब्याटिङ गरेको सीईसीले ३९.२ ओभरमा सबै विकेट गुमाएर १४९ रन बनाएको थियो। उसका स्मिथ बुढाले ४६, उमकर यादवले २५ र सिद्धान्त सावदले २० रन जोडे। बलिङतर्फ एसपीएका निशान्त रेग्मी, सचिन साउद र निरज ऐरले समान २–२ विकेट लिए। जवाफी ब्याटिङमा आएको डिसिएको ३१ ओभरमा ८ विकेट गुमाएर लक्ष्य भेटायो।
डिसिएका निरज ऐरले ३९ र रविन्द्र कुँवरले ३० रन जोडे। सीईसीका करण घर्तीमगर र ओकर यादवले २–२ विकेट लिए। खेलको म्यान अफ द म्याच डिसिएका निरज ऐर घोषित भए। डिसिएले उपाधिसहित ३० हजार नगद हात पारेको छ।