धनगढी : धनगढी उप महानगरपालिकाकी उप प्रमुख कन्दकला रानाले लागु औषधको बिगबिगी बढेपछि बृद्धा आश्रमका लागी छुट्याइएको बजेट सुधार गृहमा लगाउने तयारी गरेको बताएकि छिन् । कटक भण्डारी फाउण्डेशनले आयोजना गरेको लागु औषध दुव्र्यसन बिरुद्ध सचेतना कार्यक्रममा बोल्दै उप प्रमुख रानाले लागु औषधले बिकराल रुप लिइरहेका कारण प्रार्थमिकतामा राखेर काम गरिरहेको बताएकि हुन् ।
धनगढी उप महानगरपालिकाले चालु आर्थिक बर्षमा लागुऔषध न्युनिकरणका लागी १० लाख बजेट बिनियोजन गरेको थियो रानाले भनिन् “त्यो बजेटले धेरै काम गर्ने अवस्था भएन र धनगढी उप महानगरपालिकाले मात्रै चाहेर न्युनिकरणपनि हुने भएन, त्यस कारण कैलाली र कञ्चनपुरका सबै पालिका मिलेर सुधार गृह बनाउने निर्णय गरेका छौँ, धनगढीले १० लाख र अन्य पालिकाले ५÷५ लाख बजेट हाल्ने निर्णय भएको छ, चाँडै कार्यबिधि बनाएर सुधार गृहको काम अघी बढ्छ ।” धनगढीको फुलवारीमा त्यो सुधार गृह बनाउने मनसाय बनाएका छौँ उनले भनिन् “धनगढीले मात्रै चाहेर त्यो सफल हुँदैन सबैको सहकार्य रहे सफल भइन्छ ।”
हामीले भौतिक पुर्वाधारको बिकासलाई मात्रै हेरेका छैनौँ उनले भनिन् “सामाजिक बिकासमा हाम्रो पुर्ण ध्यान छ, लागु औषध दुब्र्यसनी नियन्त्रण, छाउपडी मुक्त, छुवाछुत मुक्त समाज निर्माणमा हाम्रो जोड छ, हेर्नुस अहिलेको समाज आमा बुवालाई गाई झैँ छोड्न तयार छ, हिजोका दिनमा गाई को कति सम्मान हुन्थ्यो, पुजा हुन्थ्यो तर आज, बाध्यताले गाइलाई पुजा गरिन्छ नत्र दुध खाएर छाडा छोडि दिने गरिन्छ, हो यही मानवता रहने हो भने भोलीका दिनमा आमा, बुवालाइपनि गाइझैँ छोड्दैनन् भन्न सकिन्न ।” धनगढी उप महानगरपालिकाले बृद्धआश्रम बनाउँदैछ भनेर सुनेपछि बुवा आमालाई त्यहाँ राख्न यहाँका नागरिकलाई हतार भएको बताउँदै रानाले अब बृद्धाश्रम नभई सुधार गृह खुल्ने दावी गरिन् ।
उनले अबको समाज सकारात्मक समाज बन्नुपर्नेमा जोड दिइन् । हामी गलत तर्फ होइन सही सोच बनाएर सही काममा लागौँ अनी मात्रै सही समाज निर्माण हुन्छ रानाले भनिन् “गलतको पछि होइन हामी सबैले राम्रा कामका पछि लागौँ सबै क्षेत्र सकारात्मक बने सम्बृद्ध समाज निर्माण हुन्छ ।” कार्यक्रममा बोल्दै धनगढी उप महानगरपालिका वडा नम्बर २ का अध्यक्ष धर्म ओझाले बिषेशगरी २ नम्बर वडा सिमासंग जोडिएको वडा भएका कारण लागुऔषध नियन्त्रणमा चुनौती देखिएको बताए ।
हामी कार्वाहीका कुरालाई जोड दिनुभन्दा लत पर्नुभन्दा पहिलेनै लत पर्नै नदिने खालका कार्यक्रम ल्याइरहेका छौँ उनले भने “वडाले सक्ने सचेतनाका कार्यक्रमहरु हामी गरिरहेका छौँ, हाल कटक भण्डारी फाउण्डेशनसंग सहकार्य गरेर बिद्यालय तथा यस्ता सुधार गृहमा कार्यक्रम गरिरहेका छौँ, यसको नियन्त्रणका लागी हामी निरन्तर लाग्नेछौँ र अन्य संघ संस्थाहरुलाइपनि सहकार्यका लागी अनुरोध गर्दछौँ ।”
कार्यक्रममा धनगढी उप महानगरपालिका स्वास्थ्य संयोजक कृष्ण बोहराले मनोपरामर्ष दिएका थिए । लागुऔषध सेवनले गर्ने क्षती र यसबाट बच्ने उपायबारे उनले प्रकाश पारेका थिए । यस्तै ब्रहमकुमारी ईश्वरिय बिश्वबिद्यालय धनगढीका हेमराज भण्डारीले योग, आध्यात्मका माध्यमबाट कुलत कसरी छुटाउने भन्ने बिषयमा प्रस्तुती राखेका थिए ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक खगेन्द्र साउँदले लागुऔषध प्रयोगकर्ता तथा बेचबिखनमा सक्रिय भएकाहरु पक्राउ र कार्वाहीको अवस्था बारे जानकारी गराएका थिए । उनले लागुऔषध प्रयोग तथा बेचबिखन गरेको पाइएमा हुने कार्वाही बारे जानकारी गराएका थिए । कटक भण्डारी फाउण्डेशनका अध्यक्ष गणेश भण्डारीको अध्यक्षतामा आयोजित कार्यक्रममा धनगढी पोस्टका प्रधान सम्पादक कर्ण शाह, धनगढी उप महानगरपालिका वडा नम्बर २ का वडा सचिव बलदेव ओझा, मालिका युवा सञ्जालका अध्यक्ष कबिन्द्र ठकुल्ला, धनगढी युथ एलायन्सका बसन्त मल्ल। ग्याँस डिलर्श एसोशिएसन कैलालीका अध्यक्ष छबिराज भट्ट लगायतले आफ्ना भनाई राखेका थिए । लागु औषध दुब्र्यसनीको कुलतमा फसेकाहरुलाई सुधार गर्नका लागी सञ्चालित सुधार गृहत शन्देस नेपालको प्रागंणमा कार्यक्रम आयोजना भएको थियो ।