काठमाडौं। राष्ट्रपति चयनका बारेमा छलफल गर्न नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी जसपा र नेकपा एकीकृत समाजवादीको बैठक सुरु भएको छ। बैठकमा माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा र शक्ति बस्नेत सहभागी छन्।
यस्तै जसपाबाट अध्यक्ष उपेन्द्र यादव र राजेन्द्र श्रेष्ठ सहभागी छन्। एकीकृत समाजवादीबाट भने अध्यक्ष माधवकुमार नेपाल, प्रमेश हमाल, बेदुराम भुसाल, घनश्याम भुसाल र प्रकाश ज्वाला सहभागी छन्।