कञ्चनपुर। कञ्चनपुरमा ज्यान सम्बन्धी मुद्दाका फरार कसुरदार १७ वर्ष ५ महिनापछि पक्राउ परेका छन्। मिति २०६२ भदो २५ गते करेन्ट लागी मृत्यु भवितव्यबाट कर्तव्य ज्यानमा परिणत मुद्दाका फरार प्रतिबादी कञ्चनपुर भिमदत्त १४ बनकट्टीका ५८ बर्षिय हर्क बहादुर ऐडीलाई बुधबार प्रहरीले पक्राउ गरेको हो।
आज बिहीबार कञ्चनपुर जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य भइरहेको प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले बताए। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले उनकै घर ठेगानामा लुकी छिपी बसिरहेको अवस्थामा पक्राउ गरेको हो । आज बिहीबार कञ्चनपुर जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ।