दार्चुला। दार्चुलास्थीत चौलानी नदीमा डुबेर एक जनाको मृत्यु भएको छ । दार्चुलाको शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरस्थित चौलानी नदीमा डुबेर बैतडी डिलासैनी गाउँपालिका–५ देवगाउँका ६१ वर्षीय जय बहादुर नाथको मृत्यु भएको हो।
नाथको बुधबार दिउँसो नदीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । उनी दार्चुलास्थीत गोकुलेश्वरमा लागेको मेला हेर्न गएका थिए। ईलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरीले नदीमा बगिरहेका नाथलाई उद्दार गरी उपचारको लागि गोकुलेश्वर अस्पतालमा पठाएको थियो। उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।