दार्चुला। दार्चुलाका प्रहरी जवान कन्चटमा गोली लागेको अवस्थामा मृत भेटिएका छन्। कर्णाली प्रदेश प्रहरी गणमा कार्यरत एक जना प्रहरी जवान गोली लागेर मृत अवस्थामा भेटिएका छन् । दार्चुलाको अपी नगरपालिका(६ घर भएका २५ वर्षीय कबिन्द्रराम विक कन्चटमा गोली लागेको अवस्थामा मृत भेटिएका हुन्।
बिहीबार बिहान अन्दाजी ३ बजे ड्युटीमा रहेका उनी मृत भेटिएका हुन्। विक आफैले बोकेको एसएलआरको गोली कन्चटमा लागेको अवस्थामा मृत भेटिएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।जिल्ला प्रहरी कार्यालय सुर्खेतकी इन्सपेक्टर झरना सोनारका अनुसार विक आफैंले बोकेको एसएलआरको गोली दायाँ कन्चटमा लागेको छ।
विकले आफैँले गोली हानेर आत्महत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ। कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक प्रवक्ता माधवप्रसाद श्रेष्ठले अहिले शव शव पोष्टमार्टमका लागि कर्णाली प्रदेश अस्पतालमा पठाइएको र घटनाको अनुसन्धान भइरहेको बताएका छन्।