धनगढी। नागरिक बचाऔँ अभियान शुरू गरेका व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंले केपी ओलीलाई कार्वाही गर्नुपर्ने बताएका छन् । नेकपा एमाले छाडेर ‘नागरिक बचाऔँ अभियान शुरू गरेका प्रसाइले सो कुरा बताएका हुन् ।
आज धनगढीको पार्कमोडमा आयोजीत महाअभियानलाई सम्बोधन गर्ने क्रममा आफूले पूर्वराजाबाट अभियान शुरू गर्दा कारबाहीमा पर्नुपर्ने भए राजावादीसँग गठबन्धन गर्ने ओलीलाई पनि कारबाही हुनुपर्ने बताए। यस नागरिक बचाऔँ अभियानलाई साथ दिन पनि उनले आग्रह गरेका छन्।
प्रसाईंले भने, ‘केपी हजुरबुबाले मलाई पानसमा पूर्वराजाबाट दियो बालेकै कारण कारबाही गर्नुपर्ने,उहाँले त राजावादीसँग गठबन्धन गरेर सरकार चलाइराख्नुभएको छ। उहाँलाई कारबाही हुनुपर्ने होइन रु म पनि केपी हजुरबुवालाई तपाईंको केन्द्रीय सदस्य तपाईं नै राख्नुस् भनेर पार्टीबाट निस्किएँ।’ यस्तै फरक सन्दर्भमा बोल्दै उनले पछिल्लो समय बैंक तथा बित्तिय संस्थाले चर्को ब्याजदरका कारण ब्यवसायी समस्यामा परेको भन्दै सरकारले ध्यान दिनुपर्ने बताए। उनले चर्को ब्याजदर घटाउन पनि आग्रह गरेका छन् ।