धनगढी। नागरिक बचाऔँ अभियान्ता तथा व्यवसायी दुर्गा प्रसाईँले देश बनाउन लाग्नुपर्ने बताएका छन् । आज धनगढीको पार्कमोडमा आयोजना गरिएको राष्ट्र, राष्ट्रीयता धर्म संस्कृती र नागरिक बचाउँ महाअभियान कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन्।
उनले नेपालीको समस्या समाधान गर्न आफूले अभियान थालेको बताउँदै सो अभियानलाई साथ दिन सबैमा आग्रह गरे । उनले लाखौँ युवाहरू बिदेश जान थालेको भन्दै देश नै खाली हुने अवस्था आइरहेको र देश बचाउन नागरिकले साथ दिन र यो महाअभियानमा लाग्न बताए। अहिले दलीय राजनीतिले समाजलाई विभाजन गरेका कारण केही सीमित व्यापारी र नेताले मुलुक समस्यामा पारेको आरोप लगाए । यस्तै अवस्था रहे धनगढीका जग्गा पनी दलाल र सामन्तको हातमा पुग्ने चेतावनी समेत दिए।
त्यसकारण तपाइहरू डोरी लिएर पेट्रोल लिएर तयार हुनुहोस् कि सामन्तीसँग लड्न तयार रहन निर्देशन समेत दिएका छन् । उनले भने ‘५५ जना व्यापारी र १० जना नेताको हातमा पैसा छ । दुबइमा भिल्ला किनेर राखेका छन् उनले भने, हामी सबै मिलेर लडौँ नत्र बाँच्ने छैनौँ । गरिब नेपालीहरूले सहकारीमा जम्मा गरेको पैसा लिएर सञ्चालन फरार रहेको भन्दै तिनलाई कारबाहीको माग समेत गरेका थिए। त्यसैले त्यसविरुद्ध एकजुट भएर उभिन समेत सबैमा आग्रह गरेका छन् । उनले २० गते देखी थालेको आन्दोलनमा सरिक हुन समेत बताएका छन्।
यस्तै अभियान्ता दुर्गा प्रसाईले कार्यक्रममा बोल्दै केपी ओलीलाई कारवाही हुनुपर्ने बताए। आफूले पूर्व राजाबाट अभियान सुरु गर्दा कारवाहीमा हुनुपर्ने भए राजा वादीसँग गठबन्धनगर्ने ओलीलाई पनि कारबाही हुनुपर्ने उनले भने। ‘केपी हजुरबुबाले मलाई पानसमा पूर्व राजाबाट दियो बालेकै कारण कारबाही गरे, उहाँले त राजा बादीसँग गठबन्धन गरेर सरकार चलाइ राखेकोले कारबाही हुनुपर्ने होइन र उनले भने। त्यसपछि म पनि केपी हजुरबुवालाई तपाईको केन्द्रीय सदस्य तपाइनै राख्नुस् भनेर पार्टीबाट निस्किएको भने।

