धनगढी : शिव सिखर सहकारी संस्थाको धनगढीमा साखाले बचतकर्ताको रकम दिन नसकेपछि कार्यालय बन्द गरेर कर्मचारी सम्पर्क बिहिन भएका छन् । सहकारीको साखा कार्यालय बन्द गरेर कर्मचारी सम्पर्कबिहिन भएपछि बचतकर्ताहरु आन्दोलित छन् । शिव सिखर सहकारीको धनगढी, महेन्द्रनगर तथा दाङ साखा कार्यालयले बचतकर्ताको रकम दिन नसकेपछि कार्यालय बन्द गरिएका छन् ।
यता देशकै जेठो सहकारी नवजिवन सहकारी शिव सिखरका बचतकर्ताहरु आन्दोलनमा उत्रिएपछि शसकिंत बनेको छ । शिव सिखर सहकारी संस्थाका बचतकर्ताहरु आफ्नो बचत रकम निकाल्न धमाधम सहकारी पुग्न थालेपछि रकम अभाव भएको भन्दै सहकारीले कार्यालय बन्द गरेको छ । शिव सिखरकै प्रभाव नवजिवन सहकारीमापनि पर्ने होकी भन्ने त्रासमा सञ्चालक देखिएका छन् । लामो समय आफ्ना गतिबिधी सार्वजनिक नगरेको नवजिवन सहकारी संस्थाले एक्कासी मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै सहकारीको आय ब्यय बारे जानकारी दिएको हो ।
२०७९ माघ मसान्तसम्म सहकारीको जम्मा कुल सम्पत्ती रकम ६ अर्ब ३४ करोड ४ लाख ९९ हजार रहेको जनाइएको छ । संस्थाका अनुसार शेयर पुँजी २७ करोड ७५ लाख २७ हजार, शेयर सदस्य संख्या ३१ हजार ५ सय ८९, जगेडा कोष र अन्य कोष गरेर जम्मा ५८ करोड ३५ लाख २७ हजार रकम रहेको छ । बचत तर्फ निक्षेप ४ अर्ब ३० करोड ४४ लाख ४१ हजार, लगानीमा रहेको रकम ३ अर्ब ८८ करोड ८३ लाख ९१ हजार रहेको नवजिवन सहकारी संस्था सञ्चालक समिति अध्यक्ष देव बहादूर बमले जानकारी दिए । यस्तै बाँकी ब्याज रकम १८ करोड ८३ लाख ६० हजार, कर्जा निक्षेप अनुपात ९० दशमलव ३३ प्रतिशत रहेको उनले बताए । नगद तथा बैँक मौज्दात रकम ९२ करोड ६९ लाख९६ हजार, तरलता प्रतिशत २१ दशमलव ५४ प्रतिशत तथा आम्दानी ३७ करोड ४४ लाख ३७ हजार रहेको संस्थाका अध्यक्ष बमले जानकारी दिएका छन् ।
नवजीवन सहकारी संस्था लिमिटेडको खर्च ३३ करोड ३९ लाख ३६ हजार रहेको छ । नाफा नोक्सान ४ करोड ५ लाख १ हजार भएकोमा स्थीर सम्पत्ति १५ करोड ५२ लाख ५३ हजार रकम रहेको उनको भनाई छ । यस्तै नवजीवन सहकारी संस्था लिमिटेडले लघुवित्त कार्यक्रम अन्तगरगत ७ सय १ सदस्य सँख्या रहेका छन् । १६ लाख ४८ हजार बचत रकम रहेको छ । ४ करोड ४९ लाख ६० हजार रिण रहेको छ भने १ लाख ११ हजार मुनाफा भएको संस्थाका अध्यक्ष बमले जानकारी दिए । कृर्षि उपज संकलन उपआयोजना अन्तरगत १ करोड २२ लाख ५ हजारको ४ हजार ८ सय २८ क्वीन्टल धान खरीद स्कट गरेको बताए । संस्थाका अध्यक्ष बमले ३ कार्यकाल सञ्चालक समितीमा बसेको १२ बर्ष र १ बर्ष अध्यक्ष बसेको अवस्थासम्म संस्थामा आर्थिक कारोबारमा केही समस्या नदेखीएको बताए । अरु सहकारी संस्थामा बाहिर सुनिएजस्तो रिण र ब्याजदरमा कुनै तरलता र अभाब नदेखीएको उनको भनाई छ ।
अन्य सहकारी संस्था ओरालो लागि रहेको बेला नवजीवन सहकारी संस्था लिमिटेडले भने आफ्ना ग्राहक र शेयर सदस्यहरूको रकम सुरक्षीत रहेको बताएको छ । सहकारीका निबर्तमान अध्यक्ष चक्र बहादूर सिहंले सहकारीले सुरक्षीत स्थानमा मात्रै लगानी गरेका कारण आफ्ना ग्राहक र शेयर सदस्यहरूको निक्षेप सुरक्षीत रहेकोले ढुक्क रहन आग्रह गरे । सहकारीसँग अहिले नगद १ अर्व रुपैया रहेको बताउदै आफ्ना ग्राहक र शेयर सदस्यहरूलाई ढुक्कसँग कारोबार गर्न उनले आग्रह गरे । धनगढीमा केन्द्रीय कार्यालय रहेको नवजीवन सहकारी संस्था लिमिटेडको १० वटा सेवा केन्द्रहरु, टिकापुर, बासगढी बर्दिया, अत्तरीया, सुख्खड, जोशीपुर, आई बि आर डी, कञ्चनपुर, राजपुर, चौमाला र हसुलिया रहेका छन् ।
शिव सिखरका बचतकर्ता संघर्षमा
यता शिव सिखर सहकारी संस्थाको धनगढी कार्यालय बन्द गरेर कर्मचारी सम्पर्क बिहिन भएपछि बचतकर्ताहरु सम्पर्कमा आउन आग्रह गरिरहेका छन् । सहकारीका बिरुद्ध नाराबाजी सहित बिरोधमा उत्रेका बचतकर्ताहरुले केही दिन शान्तीपुर्ण माग राख्ने बताएका छन् । धनगढीमा पत्रकार सम्मेलन गर्दै शिव सिखर सहकारी पिडित संघर्ष समितिले सरकारी निकायबाट आफ्ना माग सम्बोधनका लागी आग्रह गरेको छ ।
समितिका सदस्य लोकेन्द्र लम्सालले अहिलेनै सहकारीमा ढुगां मुढा गर्ने मनसायमा आफुहरु नभएको बताएका छन् । हामीहरुकै बचत रकमले सहकारी चलेको हो, हामीलाइनै सुबिधा दिएको थियो उनले भने “तर एक्कासी कार्यालय बन्द गर्दै सञ्चालक समिति तथा कर्मचारी सम्पर्क बिहिन भएपछि हामी संघर्षमा उत्रिनुपरेको हो, हामी अहिले सहकारी सञ्चालक तथा कर्मचारीलाई सम्पर्कमा आउन आग्रह गरिरहेका छौँ, हामीलाई कति समयमा रकम फिर्ता गर्न सक्ने हो समय देओस हामी त्यो समय कुर्न तयार छौँ, यसरी सम्पर्क बिहिन भएपछि समाधान हुँदैन ।”
हामी सहकारी सञ्चालन होस भन्ने चाहान्छौँ उनले भने “सहकारीले समय दिए हामी आन्दोलन रोक्न सक्छौँ, होइन यसरीनै सम्पर्क बिहिन हुने हो भने, भोलीको जिम्मा सहकारी सञ्चालकलेनै लिनुपर्छ आन्दोलन उग्र बन्न सक्छ, एदी सहकारी सञ्चालक सम्पर्कमा नआउने हो भने प्रशासनले यसको सबै कागजपत्र लिएर छानबिन गर्नुपर्छ ।”