धनगढी। एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन सुदूरपश्चिम प्रदेश समितिको अध्यक्षमा खड्का मुन्नी चयन भएका छन्। गौरीगङ्गामा सम्पन्न भएको दोस्रो प्रदेश अधिवेशनले मुन्नीको अध्यक्षतामा ५१ सदस्यीय समितिको निर्विरोध चयन गरेको हो ।
समितिको वरिष्ठ उपाध्यक्षमा धौलासिंह जाग्री र गीता जोशी उपाध्यक्षमा राम प्रसाद सापकोटा र यज्ञराज पनेरु, महासचिव मनोज रावल, अर्थ उप(महासचिव परमानन्द नाथ, उप(महासचिव लोकराज भट्ट, सचिवमा धन प्रकाश गिरी, कुल बहादुर भण्डारी र राम बहादुर ऐर चयन भएका छन् भने सदस्यहरूमा जब्बर बडुवाल, धनञ्जय ढुङ्गाना,लिखिनी चौधरी, चक्र मल्ल, दान बहादुर शाह, उज्ज्वल सिंह धानुक, प्रेमदत्त कलौनी, भागीरथ पाण्डेय, परमानन्द जोशी लगायत रहेका छन् ।
अधिवेशनले कृष्ण बहादुर विष्टको संयोजकत्वमा ११ सदस्य समितिको चयन गरेको छ । समितिको सदस्यहरूमा क्रमशः टङ्क संज्याल, जयदेव जोशी, धर्म न्यौपाने, जयबहादुर कुँवर,पदम बहादुर ऐर, पदमराज जोशी ललितराज जोशी, मकर शाह, इन्द्र बहादुर साउद र दमन महता रहेका छन्। नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश अध्यक्ष, तथा राष्ट्रिय सभा सदस्य माननीय हरिराम चौधरी ९उत्सव०को प्रमुख आतिथ्य तथा सङ्गठनका केन्द्रीय उपाध्यक्ष तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज चेतना रेग्मीको विशिष्ट आतिथ्यमा संविधान सभा सदस्य कृष्ण कुमार चौधरी ९कुन्दन०को उपस्थितिमा अधिवेशन सम्पन्न भएको थियो ।