धनगढी : खरिद गरेका ब्यक्तीले घर छोड्न निर्देशन दिएपछि धनगढीका एक दम्पतिले आफ्नै घर बिक्रि भएको थाहा पाएका छन् । धनगढी उप महानगरपालिका वडा नम्बर १ बसन्तटोलका करन चेहडा र श्रीमती लिला देवी चेहडाले आफ्नै घर बिक्रि भएको समेत थाहा पाएनन् । गत माघ २४ गते बिक्रि भएको घर खरिद गर्ने ममता सैजुले घर खाली गर्न भनेपछि उनिहरुले आफ्नै घर बिक्रि भएको थाहा पाए ।
५ धुर जमिनमा निर्मित चेहडाको घर गत माघ २४ गते धनगढीकै ममता सैजुको नाममा नामसारी भएको पाइएको छ । आफ्नै घर बिक्रि भएको थाहा पाएपछि चेहडा दम्पति निकै दुखी बनेका छन् । सम्पतिको नाममा भएको घरनै अर्कैले बिक्रि गरिदिएपछि उनिहरुले न्यायका लागी गुहारिरहेका छन् ।
के थियो घटना ?
करन सिहँ चेहडाले २०७१ सालमा धनगढी उप महानगरपालिका १ बसन्तटोलमा ५ धुर जमिन किनेर घर बनाएका थिए । श्रीमती लिला देवी चेहडाको नाममा रहेको जग्गामा उनले सानो घर निर्माण गरे । घर निर्माणका क्रममा श्रृण परेपछि चेहडाले सो श्रृण तिर्न धनगढीकै हेम जोशीबाट ४ लाख रुपयाँ सापटि लिए । सो सकम सापटि लिनका लागी चेहडाले हेम जोशीका नाममा सो जमिन पास गरिदिए । सो श्रृण तिर्नका लागी चेहडाले धनगढी उप महानगरपालिका ५ स्थित बिकास होटेलमा मेनेजरको रुपमा काम गर्न थाले । होटेल मालिक यज्ञराज तिवारीसंग हेम जोशीबाट लिएको श्रृण तिरिदिने र महिनावारी पारिश्रमिकबाट रकम काट्ने सहमती भएपछि चेहडाले तिवारीबाट करिब ७ लाख रकम श्रृण लिए । ब्याज सहित ६ लाख ४० हजार भएको हेम जोशीको श्रृण चुक्ता गर्दै चेहडाले २०७३ भदौ ८ गते त्यो जमिन बिकास होटेलका मालिक यत्र प्रसाद तिवारीको नाममा गरिदिए ।
त्यसपछि तिवारीले चेहडाबाट ७ लाख रकम अशुल गरिसकेको पाइएको छ । चेहडाले ग्लोबल बैकं मार्फत तिवारीबाट लिइएको रकम चुक्ता गरिसकेको बताएका छन् । बैकं स्टमेट हेर्दा उनले सो रकम तिवारीको खातामा जमा गरेको पाइन्छ । साहुबाट लिएको श्रृण चुक्ता गरेका चेहडाले घर नामसारी गर्न धेरै पटक आग्रह गरेपनि नामसारी नभएको बताए । साहुको श्रृण मैले सबै चुक्ता गरिसकेको थिए चेहडाले भने “तर मेरो जमिन फिर्ता भएन, बरु होटेल साहु तिवारी उल्टै मेरो घरमा आएर श्रीमतीलाई घरमा अब होटेलको स्टाफ बसाल्छु, केही कोठा खाली गर भनेर भन्न थाले, मैले कुरा गर्दा घर फिर्ता भइहाल्छ केही दिनमा नामसारी गर्छु भनेर बचन दिने तर नामसारी गरिदिनुभएन ।”
मेरो आमाबुवा भारतमै बस्नुहुन्थ्यो म उतै जन्मेर उतै हुर्केको हुँ चेहडाले सञ्चारकर्मीहरुसंग भने “मेरो बुवाआमाको निधन भएपछि म नेपाल आएको हुँ, श्रृण लागेर एकमुस्ट तिरौँ भनेर ठुलो रकम श्रृण माग्न खोज्दा कसैले दिन मानेनन् र मैले जग्गा नामसारी गरेर श्रृण लिएको हुँ, आफैले काम गरेको होटेल साहुले मेरो घरजग्गा अर्कैलाई बेच्नुहुन्छ होला लागेन र मैले समय कुरिरहे तर एक्कासी माघ २४ गते जग्गानै अरुलाई बेचेको थाहा पाएपछि छानाबाट खसेझैँ भएको छु, अब म कहाँ जाने, न्याय खोज्न के गर्ने मलाई धेरै ज्ञानपनि छैन कानुनको बारेमा त्यही भएर तपाइहरुकहाँ पुगेको छु ।” म ठगिएको छु, घर बनाउँदा परेको श्रृण तिर्नका लागी श्रृण माग्दा कसैले दिनुभएन र जग्गा नामसारी गरेरै श्रृण मागेको थिए उनले भने “अब जग्गा माग्दा दिन मान्नुहुन्न म कहाँ जाने उल्टै मलाई घर छोड भनेर धम्की आउँछ ।”
सापटि लिएको रकम फिर्ता गर्दा समेत जग्गा नामसारी नगरी उल्टै अरुलाइनै बिक्रि गरेका यज्ञ तिवारीमाथी चेहडाकी श्रीमतीले यौन दुब्र्यवहारको समेत आरोप लगाएकि छिन् । समय –समयमा विभिन्न बहाना गरेर यज्ञ प्रसाद तिवारी उनको घरमा आउने गरेको लिला देवी चेहडाले बताएकी छिन् । घर हेर्ने बाहानामा मेरो घरमा पटक÷पटक यज्ञ तिवारी आउँथ्यो उनले भनिन् “मलाई तँ भनेर बोलाउँथ्यो, गिद्धे नजरले हेर्ने, अनी मलाई छुने, हात हाल्ने कोषिस समेत तिवारीले गथ्र्यो, कहिलेकाहीँ म आउँछु एउटा कोठा खालि गराउनु , म केही गर्दैन नडराउनु भन्ने गथ्र्यो म भाँगेर जोगिन्थे ।”
हामीलाई फसाएर उनले मलाई प्रलोभनमा पार्ने खोजेको पनि हुन सक्छ तर हाम्रो मेहनतले बनाएको घर पनि लिन खोजेका छन् । म मरेर गएपनि यो घर छोड्दैन उनले भनिन् “रातदिन बालुवा माटोमा मा सुतेर बनाएको मेरो सपनाको घर हो अब यस्तै भयो र कुनै उपाय लागेन भने घरमै आत्मदाह गर्छु ।”
तर होटल बिकासका सञ्चालक यज्ञ तिवारी भने चेहडा दम्पतिले लगाएको आरोप निराधार भएको बताउँछन् । चेहडाले आफुबाट ६०÷७० लाख रकम लगिसकेको तिवारीले बताए । घर जग्गाको रकम भन्दा दोब्बर तेब्बर बढी रकम मबाट करन चेहडाले लगिसकेका छन् तिवारीले भने “त्यत्रो रकम लगिसकेपछि मैले घर लिएको हुँ, अहिले लगाउने आरोप मलाई फसाउनका लागी हो म संग पैँसा दिएको सबै प्रमाण छ, कानुनी लडाई लड्नु परे लड्ने छु ।”
चेहडाले खरिद गरेको ५ धुर जमिनलाई तिवारीले आफ्नो नाममा हालेपछि सो जमिनलाई ७ धुर बनाएको समेत पाइएको छ । मालपोत कार्यालयसंगको मिलोमतोमा सार्वजनिक जमीन समेत हड्पेर तिवारीले ७ धुर जमिनको लालपुर्जा बनाएको खुलेको छ । साथै सो जमिनको मुल्याकंन गर्दापनि मालपोतसंगको मिलेमतो देखिएको छ ।