कञ्चनपुर। कञ्चनपुरमा एक जना रेष्टुरेन्ट सञ्चालक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत ईलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरी टोलीले कृष्णपुर नगरपालिका—२ बंकका नरेन्द्रबहादुर चन्दलाई लागुऔषधसहित पक्राउ गरेको हो।
खटिएको प्रहरी टोलीले बिशेष सुराकीको आधारमा सोहि स्थानमा रेष्टुरेन्ट संचालन गरि बस्ने चन्दलाई शंकालागि चेकजाँज गर्दा ९४ दशमलव ४० ग्राम लागुऔषध चरेश भेटिएको हो । लागुऔषध चरेश बरामद गरि निजलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। चन्दलाई नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भइरहेको कञ्चनपुर प्रहरीले बताएको छ।